फ्रान्सको इफेल टावरमा ‘प्यारासुटिङ’ गरेको आरोपमा दुई जना पक्राउ
सारांश
- इफेल टावरमा प्यारासुटिङ गरेको आरोपमा फ्रान्समा दुई जना पक्राउ परेका छन्।
- प्रहरीले टावरमा नकाब लगाएर प्यारासुट बोकेका व्यक्तिहरूलाई पक्राउ गरेको हो।
- घटनामा संलग्न तेस्रो व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पेरिस । फ्रान्सको इफेल टावरमा ‘प्यारासुटिङ’ गरेको आरोपमा फ्रान्सको कानुन प्रवर्तन निकायले बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।
सुरक्षा निकायका कर्मचारीले ३३० मिटर अग्लो पेरिस स्मारकको उकालो चढ्ने क्रममा नकाब लगाएका र प्यारासुट बोकेका ती जोडीलाई देखेका थिए र उनीहरूले प्रहरी र नागरिक सुरक्षा टालीलाई टावर परिसरमा बोलाएका थिए ।
स्थानीय समयअनुसार बिहान छ बजेतिर उनीहरू टावरबाट हाम फालेका थिए र अवतरणपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । स्मारक नजिकै रहेका तर आरोहणमा भाग नलिएका तेस्रो व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
सन् १८८९ मा पेरिसको युनिभर्सल एक्जिबिसनका लागि निर्माण सम्पन्न भएको इफेल टावर पेरिस शहरको स्वामित्वमा छ । विश्वको सबैभन्दा बढी अवलोकन गरिएको स्मारकमध्ये एक यो स्मारकले प्रत्येक वर्ष लगभग ७० लाख मानिसहरूलाई आकर्षित गर्दछ भने तीमध्ये लगभग तीन–चौथाई विदेशी पर्यटक हुने गरेका इफेल टावरको वेबसाइटमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण