वाणिज्य बैंकको सम्पत्ति गुणस्तरको मूल्याङ्कन गरिने
सारांश
- गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकको सम्पत्तिको गुणस्तर मूल्याङ्कन गर्ने घोषणा गरेका छन्।
- बैंक तथा वित्तीय संस्थाले कृषि फसल, कृषियोग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैँ मूल्याङ्कन गरी १० लाख रुपैयाँसम्मको कृषि वा व्यवसायी कर्जा प्रवाह गर्न सक्नेछन्।
- कर्जा नोक्सानी सम्बन्धी व्यवस्था फेर्न अध्ययन गरिने भएको छ।
काठमाडौँ । वाणिज्य बैंकको सम्पत्तिको गुणस्तरमा सुधार गर्न सम्पत्ति गुणस्तरको मूल्याङ्कन गरिने भएको छ । गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यस्तो घोषणा गरेका हुन् । त्यस्तै, सरकारले तोकेको पूर्वाधार क्षेत्रमा लगानी गर्न स्थापना भएका निकायले वित्तीय स्रोत जुटाउन जारी गरेको डिबेन्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सक्ने व्यवस्था गरिने भएको छ ।
नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानी सम्बन्धी व्यवस्था फेर्ने भएको छ । हालको एजिङ व्यवस्थाको विकल्प खोज्नगरी अध्ययन गरिने गभर्नर पौडेलले उद्घोष गरेका हुन् । बैंक तथा वित्तीय संस्थाले कृषि फसल, कृषियोग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैँ मूल्याङ्कन गरी १० लाख रुपैयाँसम्मको कृषि वा व्यवसायी कर्जा प्रवाह गर्न सक्ने भएका छन् ।
बैंक तथा वित्तीय संस्थाले कृषि फसल, कृषि योग्य जमिन र कृषि व्यवसाय संरचनाकाे धितो आफैँ मूल्याङ्कन गरी १० लाख रुपैयाँसम्मको कृषि वा व्यवसायी कर्जा प्रवाह गर्न सकिने गभर्नर पौडेलले बताए ।
बैङ्कहरूले गैर बैङ्किङ सम्पत्ति सकार गरेको २ वर्षसम्म उक्त सम्पत्तिबापत सिर्जना भएको रेगुलेटरी रिजर्भको रकमलाई पूरक पुँजीमा गणना गर्न पाउने भएका छन् । मौद्रिक नीतिमार्फत बैङ्कहरूको पुँजी कोष थप सुधार हुने नीति अवलम्बन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण