फ्राइडे रिलिज : देशभर ‘यो मन त मेरो नेपाली हो’
सारांश
- शुक्रबारबाट नेपाली फिल्म 'यो मन त मेरो नेपाली हो' प्रदर्शनमा आएको छ, जसले देशभर एकल प्रदर्शनको अवसर पाएको छ।
- मित्र प्रधानको निर्देशन रहेको फिल्म नेपाली भाषा संरक्षणको विषयमा आधारित छ, जसले दर्शकको मन जित्ने विश्वास गरिएको छ।
- फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ, र यसको छायांकन झापा, इलाम लगायतका स्थानमा गरिएको छ।
काठमाडौँ । आज शुक्रबारबाट नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएको छ । फिल्मले देशभर एकल प्रदर्शनको अवसर समेत पाएको छ । फिल्म मित्र प्रधान (नर) ले निर्देशन गरेका हुन् ।
नेपाली भाषालाई संरक्षण गर्नुपर्ने विषयमा निर्माण भएको फिल्ममा निर्देशक प्रधानकै कथा रहेको छ । फिल्मको बुधबार प्रिमिएर भएको थियो । प्रिमिएरमा फिल्मले नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित रहेको भन्दै तारिफ पाएको थियो ।
फिल्मका निर्देशक प्रधान पनि यो फिल्मले विश्वभर रहेका सबै नेपालीलाई जोड्ने भावनात्मक सन्देश बोकेको बताउँदै फिल्मले उठाएको विषयले दर्शकको मन छोएको तथा यस्ता कामले नेपाली भाषा, कला तथा देशको सम्मान हुने बताएका छन् ।
फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतले अभिनय छ ।
झापा, इलाम तथा भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ, पश्चिम बंगाल र अमेरिकामा छायाङ्कन गरिएको फिल्ममा सौरभ लामाको डीओपी, दीपक शर्मा, विकास चौधरी र तोरम्पाहाङ राईको संगीत, बनिष शाहको सम्पादन तथा देव महर्जनको द्वन्द्व छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण