रातोपाटीको कार्यकारी सम्पादकमा श्रेष्ठ
सारांश
- रातोपाटी डटकमको कार्यकारी सम्पादकको जिम्मेवारी विधान श्रेष्ठलाई दिइएको छ।
- राजकुमार सिग्देललाई सहायक सम्पादकको जिम्मेवारी दिइएको छ।
- फणीन्द्र नेपाल र सुदर्शन आचार्यलाई समाचार सम्पादकको जिम्मेवारी दिइएको छ।
काठमाडौँ । रातोपाटी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमको कार्यकारी सम्पादकको जिम्मेवारी विधान श्रेष्ठले पाएका छन् ।
यसअघि सहायक सम्पादक रहेका श्रेष्ठलाई बिहीबार बसेको रातोपाटी न्युज नेटवर्कको बोर्ड बैठकले शुक्रबारदेखि लागु हुनेगरी नयाँ जिम्मेवारी प्रदान गरेको हो । यससँगै उनले समाचार कक्षको समग्र नेतृत्व गर्ने व्यवस्थापनले जनाएको छ ।
२०६१ सालदेखि पत्रकारितामा सक्रिय श्रेष्ठ रातोपाटी डटकमसँग स्थापनाकालदेखि नै आबद्ध छन् ।
यसैगरी बोर्ड बैठकले राजकुमार सिग्देललाई सहायक सम्पादकको जिम्मेवारी दिएको छ । यसअघि समाचार सम्पादक रहेका सिग्देल स्थापनाकालदेखि नै रातोपाटीमा आबद्ध छन् ।
यस्तै फणीन्द्र नेपाल र सुदर्शन आचार्यलाई समाचार सम्पादकको जिम्मेवारी प्रदान गरेको छ । नेपालले रिपोर्टिङ र आचार्यले प्रदेश ब्युरोको समग्र नेतृत्व गर्नेगरी सो जिम्मेवारी दिइएको व्यवस्थापनले जनाएको छ ।
शुक्रबार रातोपाटीको केन्द्रीय कार्यालय बखुन्डोलमा आयोजित कार्यक्रममा अध्यक्ष विजया शर्मा, संस्थापक सम्पादक ओम शर्मा, प्रबन्ध निर्देशक अर्जुन पन्त र प्रधान सम्पादक जिवेन्द्र सिम्खडाले नयाँ जिम्मेवारी तोकिएका चारै जनालाई बधाई तथा शुभकामना दिँदै युवा सहभागिताले संस्थाले थप उचाइ लिने विश्वास व्यक्त गरे ।
प्रधान सम्पादक सिम्खडाले टिमवर्कबाटै समग्र संस्थाले गति लिन सक्ने भन्दै संस्थाको 'सबैको सबैभन्दा राम्रो' भन्ने नारालाई मूर्तरुप दिन सबै सहकर्मी सिर्जनशील, लगनशील र इमानदार हुनुपर्ने बताए ।
_6qCxOpwAyc.jpg)
_lP5JBVPlLQ.jpg)
_tyuAtq3JAY.jpg)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण