शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

एलिनाको नयाँ गीत ‘एक दिन त पछुताउँछ’ सार्वजनिक

शुक्रबार, २७ असार २०८२, १४ : ३७
शुक्रबार, २७ असार २०८२

सारांश

  • गायिका एलिना चौहानले तीजको अवसरमा जीवनका अनुभव र पीडा समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छिन्।
  • गीतमा चौहानलाई खुमन अधिकारीले स्वरमा साथ दिएका छन् भने शब्द गायत्री थापाको रहेको छ।
  • गीतको म्युजिक भिडियोमा खुमन अधिकारी, स्मारिका ढकाल लगायतका कलाकारको अभिनय रहेको छ।

काठमाडौँ । गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पीडालाई समेटिएको नयाँ गीत ‘एक दिन त पछुताउँछ’ सार्वजनिक गरेकी छन् । गीतमा उनले विगतका घाउ, पीडा र आत्मबललाई भावुक रूपमा अभिव्यक्त गरेकी छन् ।

गीत गायनमा चौहानलाई गायक खुमन अधिकारीले स्वरमा साथ दिएका छन् । गायत्री थापाको शब्द रहेको गीतमा खुमन अधिकारीकै सङ्गीत छ । 

गीतको म्युजिक भिडियोमा खुमन अधिकारी, स्मारिका ढकाल, गायत्री थापा र विन थापाले अभिनय गरेका छन् । भिडियोलाई जीवनकुमार ज्ञवालीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । दुर्गा पौडेलको छायाङ्कन रहेको भिडियोमा नवीन घर्तीमगरको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप