एनपीएलको छानबिन प्रतिवेदन मन्त्रालयले कार्यान्वयन प्रक्रियामा अघि बढाउने
शुक्रबार, २७ असार २०८२, १७ : १८
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) को अनियमितता छानबिन गर्न बनेको कार्यदलले प्रतिवेदन बुझायो।
- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले छानबिन समितिसँग छलफल गर्ने बताए।
- राखेपकी बोर्ड सदस्य रञ्जना प्रधानले खेलकुद मन्त्रीलाई प्रतिवेदन बुझाएकी हुन्।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अनियमितताको विषयमा छानबिन गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले प्रतिवेदन बुझाएको दुई दिनपछि मन्त्रालयले विज्ञप्ति जारी गरेर सो कुराको जानकारी दिएको हो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले छानबिन समितिले बुधवार प्रतिवेदन बुझाएको र यो विषयमा छलफल लगातार चल्ने बताएका छन् ।
कार्यदलकी अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य रञ्जना प्रधानले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई बुधवार पत्र बुझाएको मन्त्रालयले जानकारी दिएको छ । एनपीएलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि कार्यदल बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण