सङ्गठन विस्तार गर्दै लोकतान्त्रिक पत्रकार सङ्घ
काठमाडौँ । लोकतान्त्रिक पत्रकार सङ्घले अध्यक्ष कामरेन्द्र वर्माको नेतृत्वमा आफ्नो साङ्गठनिक संरचनालाई देशव्यापी रूपमा विस्तार गर्न थालेको छ । लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत हकहितमा केन्द्रित रहने सङ्घले हालै मधेस प्रदेशका सबै जिल्लामा संयोजक तोकेको छ ।
सङ्घले मधेस प्रदेशका आठ वटै जिल्लामा संयोजक मनोनयन गरेको हो । जसअनुसार पर्सामा समसुदिन मियाँ, बारामा साहबाज मन्सुर, रौतहटमा राजु कुमार श्रीवास्तव, सर्लाहीमा राजिव कुमार साह, महोत्तरीमा राजिव राय कुर्मी, धनुषामा सनोज यादव, सप्तरीमा शसिचन्द्र चौधरी र सिरहामा विसुनदेव सरदारलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, बागमती प्रदेशमा रामसुकुल मण्डल र काठमाडौँ जिल्लामा प्रिन्स चन्द्र पाललाई जिम्मेवारी तोकिएको छ ।अध्यक्ष बर्माका अनुसार नवनियुक्त संयोजकहरूका लागि चाँडै प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ र जिल्लास्तरमा सङ्गठन विस्तारलाई तीव्रता दिइनेछ । साथै, लुम्बिनी प्रदेशमा पनि छिट्टै प्रदेश अध्यक्ष चयन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
पत्रकारहरूको बलियो पहिचान स्थापित गर्नु संगठनको प्रमुख उद्देश्य रहेको बताउँदै बर्माले अन्य संगठनभन्दा फरक ढंगले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको रक्षाका लागि काम गर्ने बताए ।
सङ्घले भविष्यमा पत्रकारहरूको क्षमता विकास, पेसागत सुरक्षा र सामाजिक उत्तरदायित्व जस्ता विषयमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
-
मानवअधिकार आयोग पुगे भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण