कालीगण्डकीको पानी सुन्दरचौरमा
सारांश
- म्याग्दीको बेनी नगरपालिकामा लिफ्ट प्रविधिबाट पानी तानेर सुन्दरचौरमा पानी पुर्याइएको छ।
- कालीगण्डकी नदी किनारबाट २५० मिटरमाथि सुन्दरचौरको ट्याङ्कीमा पानी आपूर्ति गर्ने योजना सफल भएको छ।
- आगामी असोज महिनादेखि रत्नेचौरवासीको घरघरमा खानेपानी वितरण गर्ने तयारी भइरहेको छ।
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’ प्रविधिमार्फत पानी तानेर सुन्दरचौरमा उकालिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजनामार्फत कालीगण्डकी किनारमा रहेको इनारबाट सुन्दरचौरमा निर्माण भएको २५ हजार लिटर क्षमताको रिजर्भ टङ्याकीमा पानी पुर्याइएको हो ।
दश मिटर गहिरो इनारमा २५ हर्स पावर क्षमताको पम्प जडान गरेर २५० मिटरमाथि सुन्दरचौरको टङ्याकीमा पानी तान्ने कार्यको शुक्रबार परीक्षण सफल भएको डिभिजन प्रमुख झलकमोहन ओझाले बताए ।
विद्युतीय उपकरणको सहायताले सात सय ५० मिटर लामो पाइपलाइनमार्फत कालीगण्डकीबाट प्रतिसेकेण्ड पाँच लिटरका दरले पानी आपूर्ति भएको छ । सुन्दरचौरको टङ्याकीबाट थप १०० मिटरमाथि उपल्लाचौरको डहरेमा रहेको इन्टेकमा पुग्ने पानी दुईतर्फ वितरण गर्ने संरचना तयार भएको छ ।
रत्नेचौरमा खानेपानी आपूर्ति गराउन ६५ हजार लिटर क्षमताको रिजर्भ टङ्याकी र सालघारी र उपल्लाचौरमा पानी वितरणका लागि डहरेदेखि थप १०० मिटरमाथि सालघारीमा निर्माण भएको २५ हजार लिटर क्षमताको अर्को टङ्याकीमा पानी आपूर्ति गराउने संरचना निर्माण भएको छ ।
एक हजार ७०० मिटर मुख्य र १७ किलोमिटर शाखा पाइपलाइन तथा २३३ घरमा धारा निर्माण भइसकेको छ । दुई तहको पानी तान्ने उपकरण, विद्युतीकरण र धारा जडान सकेर आगामी असोज महिनादेखि रत्नेचौरवासीको घरघरमा खानेपानी वितरण गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर खत्रीले बताए ।
रत्नेचौरमा वि.सं २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित भएको थियो । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन सकेको थिएन । वि.सं २०७६ असार २४ गते ठेक्का सम्झौता गरेको प्राकृतिक–प्रदीप जुम्ली जेभीले हालसम्म रु दुई करोड ३० लाखमा आयोजनाको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ ।
विद्युत् जडान, खानेपानी धाराका सामग्री खरिदसहित हालसम्म रु तीन करोड १८ लाख खर्च भएको योजना सम्पन्न गराउन आगामी आर्थिक वर्षमा रु ३५ लाख बजेट विनियोजन भएको छ । मुहानको समस्या र निर्माण व्यवसायीको ढिलासुस्तीले थलिएको योजनालाई जनप्रतिनिधि, उपभोक्ता, कार्यालयको पहलमा लयमा फर्काएर सम्पन्न हुने चरणमा पुगेको वडाध्यक्ष टेकबहादुर थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण