प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन
शनिबार, २८ असार २०८२, १४ : ०५
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्तिमा भागीरथा न्यौपाने अस्पतालको उद्घाटन गरे।
- १० शय्याको अस्पतालले दैनिक चार सय जनालाई सेवा दिनेछ।
- प्रधानमन्त्री ओलीले अस्पतालको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्ने बताए।
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज उद्घाटन गरेका छन् । नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाम जोडिएको सो आधारभूत अस्पताल १० शय्याको रहेको छ । अस्पतालले दैनिक चार सयलाई सेवा दिनेछ ।
प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले केही नलाने भएकोले भागीरथाहरुको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गरे ।
उनले अस्पतालको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्ने विश्वास दिलाए । प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाममा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुधार गृह पठाउने तयारी गरिएका युवकको हतियार प्रहारबाट ३ जना घाइते
-
रास्वपालाई लिङ्देनको सुझाव – जनताले दिएको अवसर ऐतिहासिक छ, यसलाई नचुकाउनुस्
-
रास्वपालाई विभिन्न देशका पार्टीले दिए शुभकामना
-
रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन उद्घाटन [LIVE UPDATES]
-
रास्वपा महाधिवेशनः सहभागीलाई वितरण गरेर मोहीको प्रवर्द्धन (फोटोफिचर)
-
नेपाली संगीतले विश्व बजारमा ठाउँ बनाउँदैछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण