‘नीतिगत निर्णयमा छानबिन नै गर्न नपाउने भए राजतन्त्रको आलोचना गर्नुको अर्थ के ?’
सारांश
- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नीतिगत निर्णयमा अख्तियार प्रवेश जायज भएको बताए।
- उनले कुनै पनि सरकारले अनियमितता गरे छानबिन हुनुपर्ने कुरामा जोड दिए।
- खनालले भ्रष्टाचार निवारण अख्तियार र अदालतबाट हुनुपर्ने धारणा राखे।
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नीतिगत निर्णयमा अख्तियारले प्रवेश गर्नु जायज भएको बताएका छन् । शनिवार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै राज्यले बनाएको संविधान बमोजिम बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो भने त्यसले नीतिगत निर्णयमा हस्तक्षेप गर्न सक्ने बताएका हुन्।
उनले सङ्घीय, प्रान्तीय र स्थानीय जुनसुकै सरकारले गरेको निर्णयहरू भए पनि कसैले पनि अनियमितता गर्दछ भने त्यो कुरालाई छानबिन हुनैपर्ने बताए ।पूर्वप्रधानमन्त्री खनालले भने, ‘यो राज्यले बनाएको संविधान बमोजिम बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो भने त्यसले चाहे क्याबिनेटले गरोस्, चाहे त्यो प्रान्तीय क्याबिनेटले गरोस्, चाहे त्यो स्थानीय तहका कुनै पनि निकायले गरोस्, जहाँ कहीँ पनि कसैले पनि अनियमितता गर्दछ भने त्यो कुरालाई छानबिन गर्नैपर्छ । त्यो छानबिन गर्ने अधिकार यदि जनतामार्फत बनेको कुनै निकायलाई त्यो देशमा छँदै छैन भने खास खास मान्छेहरूले गरेका गलत कामहरू छानबिनको दायरा भन्दा माथि हुन्छन् भने राजतन्त्रको आलोचना गर्नुको के अर्थ ?’
पूर्वप्रधानमन्त्री खनालले देशमा भ्रष्टाचारसँग सम्बन्धित प्रश्नहरूको निवारण अख्तियारको पहलमा सम्बन्धित अदालतमार्फत निरूपण हुनुपर्ने बताए। नीतिगत निर्णय के हो भन्ने कुरा आफूले पनि नबुझेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण