पूर्वराष्ट्रपति यादवद्वारा 'सत्सङ्ग दीक्षा' नेपाली भाषामा लोकार्पण
काठमाडौँ । शनिबार राजधानीमा 'सत्सङ्ग दीक्षा' पुस्तक लोकार्पण भएको छ । संस्कृति तथा पर्यटन मन्त्रालय, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति र स्वामीनारायण सेवा संस्था नेपालको आयोजनामा भएको कार्यक्रममा पुस्तक लोकार्पण भएको हो।
हनुमानढोका दरबार सङ्ग्रहालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति डा रामवरण यादव रहेका थिए भने महामहोपाध्याय भद्रेशदास स्वामीजीको सान्निध्य रहेको थियो। प्रमुख अतिथि र स्वामीजीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका थिए।
औपचारिक कार्यक्रम सुरु हुनुअघि शोभा यात्रा समेत आयोजना गरिएको थियो । पुस्तकका बारेमा अध्येता शंकर तिवारीले चर्चा गरेका थिए। त्यस क्रममा उनले सत्सङ्ग दीक्षा पुस्तक सरस र बोधगम्य भएको चर्चा गरे । हरेक पुस्ताले यो पुस्तकबाट लाभान्वित हुन सक्ने उनले विश्वास व्यक्त गरे ।
प्रमुख अतिथि पूर्वराष्ट्रपति यादवले भगवान स्वामी नारायणको नेपालसँगको भावनात्मक सम्बन्ध रहेको बताए। 'सत्सङ्ग दीक्षा' पुस्तक वैदिक भईकन सरल शैलीमा लेखिएको उनले बताए ।
भद्रेशदास स्वामीले २४० वर्षपछि स्वामी नारायणले नेपाल आउँदा तत्कालीन महाराज रणबहादुर शाहसँग सत्सङ्ग गरेको ऐतिहासिक ठाउँमा आउन पाउनु आफ्नो लागि गर्वको विषय बताए। भाषा , भेष, भोजन र भजनमा संयम पुर्याउन सके सबै राष्ट्रको उन्नति हुने कुरा उल्लेख उनले उल्लेख गरे।
सत्सङ्ग दीक्षा पुस्तकका लेखक गुजराती भाषामा प्रकट ब्रम्हस्वरुप महन्तस्वामी महाराजले लेखेका हुन्। यसको संस्कृत श्लोक रचना तथा अनुवाद भद्रेशदास स्वामीजीले गरेका हुन्। पुस्तकको नेपाली अनुवादकर्तामा माधव उपाध्याय र निश्चलविक्रम पौडेल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण