राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुन्छ : मन्त्री चौधरी
सारांश
- खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति छिट्टै घोषणा गरिने बताए।
- मन्त्रीले एनपीएल सञ्चालन र ओलम्पिक कमिटीको समस्या समाधानबारे जानकारी दिए।
- कोशी प्रदेशको खेलकुद स्तर सुधारका लागि खेलाडीहरूमा लगानी गर्न आग्रह गरे।
मोरङ । खेलकुद मन्त्री तेजुलाल चौधरीले छिटै राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा गरिने दाबी गरेका छन् ।
शनिवार विराटनगरमा आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश तथा राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र खेल क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यसै वर्ष नै राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्ने गरि छिटै मिति तोकिने जानकारी दिएका हुन् ।
मन्त्री चौधरीले एनपीएल सञ्चालनका लागि खेलकुद परिषद्लाई निर्देशन दिई सकिएको बताउँदै सार्वजनिक खरिद ऐन तथा विधि, र प्रक्रिया मानेर अघि बढ्न क्यानलाई आग्रह गरिएको स्पष्ट पारे । उनले ऐन कानुन, विधि र प्रणालीलाई सबै खेल सङ्घहरूले पालना गर्नुपर्ने बताउँदै ओलम्पिक कमिटीमा देखिएको समस्या चाडै नै समाधान हुने विश्वास व्यक्त गरे ।
मन्त्री चौधरीले पछिल्लो समय कोशी प्रदेशको खेलकुद क्षेत्रको स्तर घटेकाले खेलाडीहरूमा लगानी गर्न प्रदेश सरकार र खेलकुद विकास बोर्डलाई आग्रह समेत गरे । कार्यक्रममा कोशी प्रदेशबाट राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर्प्रदेश तथा राष्ट्रिय प्रतियोगितामा रजत र कांस्य पदक विजेता खेलाडीहरूलाई ५ हजार देखि ९ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
यसै गरी खेल क्षेत्रमा योगदान पुर्याउने उद्योगपति, पूर्व खेलाडी र पत्रकारहरूलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण