समाज रूपान्तरणको लागि विचार सबैभन्दा महत्त्वपूर्ण छ : पूर्वराष्ट्रपति भण्डारी
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रूपान्तरणका लागि विचार महत्त्वपूर्ण रहेको बताइन्।
- मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै भण्डारीले जबजले समृद्ध नेपालको लक्ष्यलाई अघि बढाएको बताइन्।
- उनले जबजलाई व्यापक रूपमा पुर्याउनुपर्ने र यसले नेपाली समाजवादको बाटो निर्माण गरेको बताइन्।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रूपान्तरणको लागि विचार नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताएकी छन् । मदन भण्डारी फाउन्डेसनले शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै भण्डारीले जबजले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई अघि बढाएको बताएकी हुन् ।
नेकपा एमालेले पनि समृद्ध नेपाल र सुखी नेपालीको साझा लक्ष्य पूरा गर्न जबजको सिद्धान्तलाई आत्मसाथ गरेको बताइन् । जबजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक समुदाय र उच्च शिक्षाका अध्येताहरूका बिचमा अझ व्यापक रूपमा पुर्याउनुपर्ने उनको भनाई थियो।
पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘जबज सामाजिक, आर्थिक रूपान्तरणको एउटा बृहत्तर सिद्धान्त हो । यो जर्नल भर्खरै प्रकाशन हुन थालेकाले यसमा जबजका विभिन्न आयाम र क्षेत्रहरू समेटिन नसक्नुलाई अन्यथा रूपमा लिनु हुँदैन ।’
पूर्वराष्ट्रपति भण्डारीले जबजले मार्क्सवाद, लेनिनवादको आधारमा नेपाली समाजवादको गहिरो विश्लेषण गर्दै सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा भूराजनीतिक विशेषतालाई आत्मसाथ गर्दै समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई समावेश गर्दै विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण