विभिन्न हतियारसहित दुई जना पक्राउ
सारांश
- प्रहरीले हातहतियारसहित अर्घाखाँची र सिरहाबाट दुई जनालाई पक्राउ गरेको छ।
- अर्घाखाँचीका हिम बहादुर सारूको घरबाट बन्दुक, छर्रा र बारुद बरामद गरिएको छ।
- सिरहामा कटुवा पेस्तोल र गोलीसहित जगदिश यादवलाई मोटरसाइकलबाट पक्राउ गरियो।
काठमाडौँ । प्रहरीले विभिन्न स्थानबाट हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची र सिरहाका व्यक्तिहरू रहेका छन्।
अर्घाखाँचीको शीतगंगा नगरपालिका-१ नयाँगाउँ बस्ने ४६ वर्षीय हिम बहादुर सारूलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। उनको घरबाट एक थान एकनाले भरुवा बन्दुक, १७ थान फलामका छर्रा, १९ थान केप, २ थान सिसाका छर्रा र बारुद बरामद भएको छ। इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले सारूको घरमा खानतलासी गर्दा उक्त हातहतियार फेला पारेको थियो।
यसैगरी, सिरहाको भगवानपुर गाउँपालिका-४ ठाडी बजारबाट दुई थान एकनाले कटुवा पेस्तोल र २ राउण्ड थ्रिनटथ्री राइफलको गोलीसहित सप्तरी बलान बिहुल गाउँपालिका-२ डिगीया टोल बस्ने ४५ वर्षीय जगदिश यादवलाई शुक्रबार साँझ नै प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा रोकिराखेको बा.३० प ५३१९ नम्बरको मोटरसाइकलमा खानतलासी गर्दा उक्त हातहतियार फेला पारी चालक यादवलाई नियन्त्रणमा लिएको हो।
यी दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण