गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबिच गहिरो मतभेद
सारांश
- कतारमा हमास र इजरायलबीचको वार्तामा इजरायली सेना फिर्तीसम्बन्धी प्रस्तावले अवरोध सिर्जना गर्यो।
- इजरायलले गाजाबाट पूर्ण सेना फिर्ता गर्न अस्वीकार गरेपछि सहमति टाढिएको छ।
- प्यालेस्टिनी बन्दी रिहाइ र मानवीय सहायतामा प्रगति भए पनि ठोस निर्णय हुन सकेन।
गाजा । गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबिच कतारमा भइरहेका अप्रत्यक्ष वार्तामा इजरायलको सेना फिर्तीसम्बन्धी प्रस्तावले ठुलो अवरोध सिर्जना गरेको दुई जना प्यालेस्टिनी स्रोतहरूले शनिबार बताएका छन् ।
गत आइतबारदेखि कतारको राजधानी दोहामा दुवै पक्षका प्रतिनिधिहरूबिच २१ महिनादेखिको युद्धमा अस्थायी विराम ल्याउने उद्देश्यले छलफल भइरहेको छ । यो द्वन्द्व सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथि आक्रमण भएपछिको हो ।
हमास र इजरायल दुवैले सो दिन अपहरण गरिएका जीवित दश बन्धकलाई युद्धविरामको सहमति भएमा रिहा गरिने बताएका छन् । तर एक जानकार प्यालेस्टिनी स्रोतका अनुसार, इजरायलले गाजाबाट पूर्ण रूपमा सेना फिर्ता गर्न अस्वीकार गरेकाले सहमति टाढिएको छ ।
‘हाल दोहामा जारी वार्ता जटिल मोडमा पुगेको छ । इजरायलले जुन नक्सा प्रस्तुत गरेको छ, त्यसले वास्तवमा सेना फिर्ता होइन, पुनः तैनाथीको संकेत गर्दछ,’ स्रोतले बताए ।
हमासले गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीको माग राख्दै आएको छ, जहाँ दुई करोडभन्दा बढी मानिस बसोबास गर्छन् । तर इजरायली पक्षले प्रस्तुत गरेको नक्सामा करिब ४० प्रतिशत क्षेत्रफलमा सैन्य उपस्थिति कायम राख्ने प्रस्ताव गरिएको छ ।
‘यस्तो प्रस्तावले गाजा फेरि टुक्रा–टुक्रा पारिएको, सिमाना बन्द भएको र स्वतन्त्रताविहीन क्षेत्रमा परिणत हुने खतरा पैदा गर्छ,’ स्रोतले उल्लेख गरेको छ ।
मध्यस्थकर्ताहरूले वार्ता केही समयका लागि स्थगित गर्न आग्रह गर्दै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ दोहा पुग्नेबित्तिकै छलफल पुनः सुरु गरिने जनाएका छन् ।
अर्का एक प्यालेस्टिनी स्रोतका अनुसार, प्यालेस्टिनी बन्दीहरूको रिहाइ तथा गाजामा मानवीय सहायता पुर्याउने विषयमा केही प्रगति भएको छ । तर उनले इजरायली प्रतिनिधिमण्डलमाथि कुनै ठोस निर्णय गर्न सक्ने अधिकार नरहेको र ‘युद्धलाई निरन्तरता दिन वार्ता रोक्ने प्रयास भइरहेको’ आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण