बेगनास ताललाई पर्यटकीय रूपमा उपयोग गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे
सारांश
- मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बेगनास ताललाई पर्यटकीय रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
- उनले ताल क्षेत्रको संरक्षण, अतिक्रमण रोकथाम तथा गुरुयोजनाअनुसार विकास गर्न स्थानीयलाई आग्रह गरे।
- कार्यक्रममा वराह क्षेत्र आजदेखि सर्वसाधारणका लागि खुला गरिएको जानकारी दिइयो।
गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बेगनास ताललाई पर्यटकीय रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
पोखरा महानगरपालिका–३१ अन्तर्गत बेगनास ताल परिसरमा निर्मित वराह क्षेत्र, वराहथान, पञ्चायन देवता, लक्ष्मी नारायण मन्दिरको प्राण प्रतिष्ठान एवं उद्घाटन गर्दै उनले बेगनास ताललाई सौन्दर्य कुञ्जका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय जनचाहनाअनुसार धार्मिक र पर्यटकीय दृष्टिकोणले यस क्षेत्रको विकास गर्न सकिने बताउँदै उनले यसबाट आर्थिक आयआर्जन र पर्यटकको बसाइ लम्ब्याउन मद्दत गर्ने बताउए। तालको संरक्षण, अतिक्रमणको रोकथाम तथा गुरुयोजनाअनुसार विकास गर्न उनले स्थानीयलाई आग्रह गरे ।
पोखरालाई ‘पर्यटकीय हब’ बनाउने अभियानमा बेगनास तालको विशेष भूमिका रहेको उल्लेख गर्दै उनले ताल क्षेत्रका व्यवसायहरू आधुनिकीकरणतर्फ उन्मुख हुनुपर्ने धारणा राखे ।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा इन्द्रप्रसाद तिवारीले बेगनास ताल क्षेत्रलाई ‘ज्ञानको भूमि’का रूपमा विकास गर्न सकिने बताए । धार्मिक ग्रन्थअनुसार ऋषिमुनि च्यवनले यहीँ योग तथा साधना गरेको उल्लेख गर्दै उनले यहाँको धार्मिक र पर्यटकीय प्रवर्द्धनको सम्भावना औँल्याए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले वराह क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व उल्लेख गर्दै यस क्षेत्रको विकासले समग्र गण्डकी प्रदेशको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमका सभापति तथा वडा नं ३१ का अध्यक्ष ढकनाथ कँडेलले आजदेखि सर्वसाधारणका लागि वराह क्षेत्र खुला गरिएको जानकारी दिए । वराह क्षेत्रलाई संस्कृति, प्रकृति र प्रविधिसँग जोडेर पर्यटनको प्रमुख गन्तव्य बनाउन उनले आग्रह गरे ।
तत्कालीन लेखनाथ नगरपालिकाले तयार गरेको विस्तृत आयोजना प्रतिवेदनअनुसार काम अगाडि बढाइएको उनले जानकारी दिए । कार्यक्रममा वडा नं २६ का अध्यक्ष नरेन्द्र थापा, नेपाल सरकारका उपसचिव वसन्तराज तिवारी, लेखनाथ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय, धार्मिक व्यक्तित्व ध्रुवनाथ अधिकारी, निर्माण समितिका निवर्तमान अध्यक्ष सुरेन्द्रराज सापकोटा र सचिव श्रीराम कँडेललगायतले बेगनास तालको पर्यटकीय महत्वलाई उजागर गर्न नवनिर्मित वराह मन्दिरसहितका पूर्वाधार महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण