शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

काभा भलिबल खेल्ने टोलीको बिदाइ

आइतबार, २९ असार २०८२, ०७ : ००
आइतबार, २९ असार २०८२

सारांश

  • नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई माल्दिभ्समा हुने काभा मेन्स च्याम्पियन्सिप लिगका लागि बिदाइ गरियो।
  • हेल्प नेपालले पोखरामा भएको एनभीए राष्ट्रिय क्लब भलिबल लिगको उपाधि जितेर काभा च्याम्पियन्स लिगमा स्थान बनाएको हो।
  • च्याम्पियन्स लिग जुलाई १७ देखि २३ सम्म माल्दिभ्सको मालेमा हुनेछ, जसमा नेपालसहित अन्य देशका क्लबहरूले प्रतिस्पर्धा गर्नेछन्।

काठमाडौँ । माल्दिभ्समा हुने काभा मेन्स च्याम्पियन्सिप लिग खेल्ने जाने नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई बिदाइ गरिएको छ । नेपाल भलिबल सङ्घ (एनभीए) ले शनिबार एक कार्यक्रम आयोजना गर्दै टोलीलाई बिदाइ गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप बोर्ड सदस्य जगतसिंह धामी, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र बहादुर चन्द, राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह लगायतले बिदाइ गरे । हेल्प नेपालले पोखरामा भएको एनभीए राष्ट्रिय क्लब भलिबल लिगको उपाधि जित्दै काभा च्याम्पियन्स लिगमा स्थान बनाएको हो । 

काभा मेन्स च्याम्पियन्स लिगमा नेपालसहित श्रीलंका, माल्दिभ्स, कजाखस्तान, कीर्गिस्तानको च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्ने भलिबल सङ्घले जनाएको छ । च्याम्पियन्स लिग यही जुलाई १७ देखि २३ तारिखसम्म माल्दिभ्सको मालेमा हुनेछ ।

हेल्प नेपालले काभा च्यालेन्ज लिगका लागि नेपाल पुलिस क्लबबाट रविन चन्द, रविन नगरकोटी, सफल विक, एपीएफबाट विनोद बहादुर चन्द लगायत खेलाडीलाई अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ । दुई पाकिस्तानी खेलाडी पनि समावेश गरेको छ ।

सदस्य–सचिव घिसिङले काभा च्यालेन्ज लिगमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिँदै उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । सदस्य–सचिव घिसिङले क्लबले यहाँसम्म आइपुग्न ठुलो चुनौती पार गर्नुपरेकोले अहिले यो सफलतामा आइपुगेको बताए ।

नेपाल भलिबल सङ्घका उपाध्यक्ष भरत शाहले क्लबले क्लबको मात्र नभई समग्र नेपाली र नेपालीको प्रतिनिधित्व गर्ने बताए । हेल्प नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा निकाल्ने अपेक्षा रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप