क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि हस्तान्तरण, बिरामीलाई निःशुल्क दिइने
सारांश
- अमेरिकास्थित डाइरेक्ट रिलिफले क्यान्सर उपचारका लागि आवश्यक औषधि स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ।
- हस्तान्तरण गरिएका औषधिहरूमा स्तन क्यान्सर, प्लाक सोरियासिस र अल्जाइमरका बिरामीका लागि प्रयोग हुने सामाग्रीहरू छन्।
- यी औषधिहरू बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल लगायतका अस्पतालमा निःशुल्क उपलब्ध हुनेछन्।
काठमाडौँ । क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । आइतबार अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'डाइरेक्ट रिलिफ' को सहयोग तथा 'वान हार्ट वर्ल्डवाइड' को समन्वयमा उक्त औषधि आइतबार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।
ती औषधि तथा स्वास्थ्य सामाग्रीहरू असार २७ गते नेपाल आइपुगेका थिए भने त्यसयता स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा भण्डारण गरेर राखिएको थियो ।
आइतबार भने औपचारिक रूपमा मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । आजै ती औषधी र स्वास्थ्य सामाग्रीहरू क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरू बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाडौँलाई हस्तान्तरण गरिएको छ ।
स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रूपमा उपलब्ध गराइनेछ । मन्त्रालयले सम्बन्धित निकायहरूसँगको सहयोग र समन्वयमा यी औषधि तथा स्वास्थ्य सामाग्रीहरू भविष्यमा पनि निरन्तर रूपमा उपलब्ध गराउने गरी पहल गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण