बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शंकर पोखरेललाई कर्ण थापाको चेतावनी

'नेतृत्वलाई गुमराहमा राखेर सधैँभरि मुखिया हुन सकिन्छ भन्ने चिन्तनबाट मुक्त हुनोस्'
आइतबार, २९ असार २०८२, १६ : ००
आइतबार, २९ असार २०८२

सारांश

  • पूर्वमन्त्री कर्णबहादुर थापाले महासचिव शंकर पोखरेलले पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाएको आरोप लगाए।
  • थापाले पोखरेलले झुटो गीत गाउनेहरूलाई संरक्षण गरेको र कार्यकर्तालाई धम्की दिएको आरोप लगाए।
  • थापाले एमाले पङ्क्तिलाई सत्यको पक्षमा उभिन र सही कुरा बुझेर मत बनाउन आग्रह गरे।

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता कर्णबहादुर थापाले महासचिव शंकर पोखरेलले नै पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाएको आरोप लगाएका छन् ।

 महाधिवेशनअघि नेतृत्वको बहस र कित्ताकाट नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएपछि थापाले महासचिव पोखरेलमाथि गम्भीर आरोप लगाएका हुन् । पूर्वराष्ट्रपति विद्या भण्डारी १० वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा होमिएपछि महासचिव पोखरेलले सार्वजनिक रूपमै असन्तुष्टि पोख्दै आएका छन् । 

थापाले पोखरेलप्रति लक्षित गर्दै आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत  झुटो गीत गाउनेहरू नै अध्यक्षको रक्षाकबच हुँ भनेर देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बोल्नु पार्टी हित र नीति विरोधी व्यवहार भएको उल्लेख गरेका छन् । 

‘नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको लगतै देखि पार्टी  अध्यक्ष होइन, महासचिवलाई सेन्टर मानेर चल्नुपर्छ भनेर पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाउने र अहिले पनि अध्यक्षको बचनका लागि मात्रै प्रशंसाको झुटो गीत गाउनेहरू नै अध्यक्षको रक्षाकबच हुँ भनेर देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बोल्नु पार्टी हित र नीति विरोधी व्यवहार हो । नेतृत्वलाई गुमराहमा राखेर सधैँभरि मुखिया हुन सकिन्छ भन्ने कसैलाई लागेको भए, यस्तो चिन्तनबाट छिटो मुक्त हुन अनुरोध गर्दछु’, थापाले भनेका छन् । 

 कठिन भन्दा कठिन दिनमा पनि सत्यको पक्षमा उभिएर आएको भन्दै उनले फेरि पनि सत्यकै पक्षमा उभिइने स्पष्ट पारेका छन् । साथै थापाले सम्पूर्ण एमाले पङ्क्तिलाई सही कुरा बुझेर मात्रै मत बनाउन आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप