अग्नि सापकोटा भन्छन्– मन्त्रीहरूले नै खुलमखुला घुस ‘डिल’ गर्नु निर्लज्ज
सारांश
- माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले मन्त्रीहरूले खुलेआम भ्रष्टाचार गरेको आरोप लगाए।
- मन्त्रीहरू राजकुमार गुप्ता र बलराम अधिकारी घुस डिल प्रकरणमा मुछिएको अडियो सार्वजनिक भएको छ।
- सापकोटाले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको र सरकार पूर्ण असफल भएको आरोप लगाए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारका मन्त्रीहरूले नै खुलमखुला भ्रष्टाचारको डिल गर्नु निर्लज्ज भएको बताएका छन् । घुस ‘डिल’सम्बन्धी प्रकरणमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी मुछिएको अडियो शनिबार एक दैनिक पत्रिकाले सार्वजनिक गरेको थियो ।
प्रधानमन्त्री केपी ओलीको भ्रष्टाचारसम्बन्धी कुरा थाहा पाएर नै मन्त्रीहरूले घुस डिल गर्ने दुस्साहस गरेको उनले आरोप लगाए । गुप्ता र अधिकारी दुवै जना एमालेबाट गत वर्ष मन्त्री भएका थिए । सापकोटाले ओली सरकारको एक वर्ष भ्रष्टाचारीलाई संरक्षण गर्दैमा बितेकाले पूर्ण असफल भएको आरोप लगाए ।
‘ती मन्त्रीहरूले घुस डिल गर्ने दुस्साहस कसरी गरे भन्नेमा ओलीका भ्रष्टाचारसम्बन्धी कुरा एक एक थाहा छ नि । मन्त्रीहरूले नै यति निर्लज्ज, नाङ्गो तरिकाले घुसको डिल गर्ने सायद इतिहासमा थिएन । यति घिनलाग्दो खुलमखुला भ्रष्टाचारको डिल गर्ने कुरा भएको थिएन । उसलाई कुनै लज्जा नै छैन’, रातोपाटीसँग उनले भने, ‘प्रधानमन्त्री केपी ओलीजी–म भ्रष्टाचार पनि गर्दिन, गर्न पनि दिन्न भन्नुहुन्छ ।’ ठुलठुला भ्रष्टाचारका कुरा छोप्नलाई भनेको हो । उहाँले भ्रष्टाचार छोप्नलाई हो कि हो कि जस्तो पार्ने ढङ्गले भन्नुहुन्छ । त्यसकारण सबै कुरामा यो सरकार असफल भइसकेको छ ।’
अहिलेको सरकारलाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीकै कार्यालय मातहतबाट कार्यसम्पादन मूल्याङ्कन रिपोर्ट हेर्दा ओलीलाई २८ अङ्क दिएकोमा अहिले झनै खस्किएको उनले जिकिर गरे । सापकोटाले एक वर्षको मूल्याङ्कनको आधारमा अङ्क दिँदा १०० मा १० नम्बर दिन सकिने बताए । साथै उनले प्रधानमन्त्री ओलीले सरकारमा बसिराख्ने नैतिकता गुमाइसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण