उपत्यकामा कार्यरत डीएसपी र इन्स्पेक्टरहरूको ‘ड्युटी आवर’ घटाउने निर्णय
सारांश
- काठमाडौं उपत्यकाका प्रहरी वृत्त र प्रभाग इन्चार्जको ड्युटी समय दुई घण्टा घटाइएको छ।
- कार्यबोझका कारण सेवाग्राहीलाई समय दिन नसकेको भन्दै ड्युटी समय घटाइएको हो।
- अब भीभीआईपीको सवारी हुँदा रोड प्रोटेक्सनमा इन्स्पेक्टर वा जुनियर प्रहरी अधिकृतहरू मात्र खटिनेछन्।
काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रहरी वृत्त र प्रभाग इन्चार्जको ‘ड्युटी आवर’ ( कार्य समय) घटाउने निर्णय गरिएको छ । उपत्यका प्रहरी कार्यालयले सो निर्णय गरेको हो ।
प्रहरी वृत्तमा इन्चार्ज हुने डीएसपीहरु यसअघि राति १२ बजेसम्म फिल्डमा खट्नुपर्ने व्यवस्था थियो । प्रहरी प्रभागको कमान्ड गर्ने इन्स्पेक्टर पनि मध्यराति १२ बजेसम्म खटिन्थे । सो अवधि दुई घण्टा घटाउने निर्णय गरिएको हो ।
वृत्तका डीएसपीहरु र प्रभागका इन्स्पेक्टरहरू राति १० बजेपछि फिल्डमा खट्नु नपर्ने निर्णय गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘कार्यबोझका कारण सेवाग्राहीलाई समय दिन नपाएको विश्लेषण गरेर सो निर्णय गरिएको हो ।’
ड्युटी आवर घटाउने निर्णय कार्यान्वयन गराउन उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुर परिसरलाई सर्कुलर गरिसकेको छ ।
असार २३ मा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा बसेको प्रहरी वृत्त, प्रभाग तथा ट्राफिक प्रहरी प्रमुखहरु र अपरेसन कमाण्डरहरु समेतको छलफलपछि सो निर्णय गरिएको हो ।
भीभीआईपीको सवारी हुँदा ‘रोड प्रोटेक्सन’ ड्युटीमा डीएसपीहरुलाई परिचालन नगर्ने निर्णय गरिएको छ । रोड प्रोटेक्सनमा अव इन्स्पेक्टर वा जुनियर प्रहरी अधिकृतहरू मात्र खटिन्छन् । उपत्यका प्रहरी कार्यालयले पठाएको सर्कुलरमा भनिएको छ, ‘भीभीआईपीहरुको रोड प्रोटेक्सन सम्बन्धमा सम्बन्धित एरियाको रुटमा पर्ने प्रहरी युनिट बाहेक अन्य युनिटबाट थप मद्दत खटिँदा अवस्था हेरेर इन्स्पेक्टर तथा जुनियर अधिकृतको कमान्डमा ड्युटी खटाउने ।’
ट्राफिक प्रहरीका युनिट प्रमुखहरूले पिक आवरमा (बिहान ९ बजे) सडकमा निस्किएर अनुगमन गर्नुपर्ने व्यवस्था पनि हटाइएको छ । अब सम्बन्धित युनिटको अपरेसन कमान्डरले अनुगमन गर्ने निर्णय गरिएको उपत्यका प्रहरी कार्यालयका अधिकृतहरू बताउँछन् ।
उपत्यका प्रहरी कार्यालयको नयाँ कार्ययोजना अनुसार रात्रिकालीन चेकिङ जनपद र ट्राफिक प्रहरीले संयुक्त रूपमा गर्नुपर्ने छ । सर्कुलरमा भनिएको छ, ‘रात्रिकालीन चेकिङ जनपद प्रहरी र ट्राफिक प्रहरी सम्मिलित भई संयुक्त रूपमा चेकिङ गर्ने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण