झापा र मोरङ जोड्ने रतुवा पुल उद्घाटन
आइतबार, २९ असार २०८२, १४ : ३४
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले झापा र मोरङ जोड्ने रतुवा खोलाको पुलको उद्घाटन गरे।
- प्रधानमन्त्रीले १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्ने लक्ष्य राखेका छन्।
- प्रधानमन्त्री ओलीले स्थानीय तहलाई कृषि आधुनिकीकरण गर्न आग्रह गरे।
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा खोलाको पुलको उद्घाटन गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयले आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त पुल उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिँचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने बताए ।
त्यसक्रममा प्रधानमन्त्रीले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह समेत गरे । प्रधानमन्त्री ओली २ दिनदेखि झापा र इलामका कार्यक्रममा सहभागी भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण