सीके राउत भन्छन् – दुई करोड ठगेर भागेकालाई बाराका जनताले कारबाही गरे
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले पार्टीको एक करोड ९० लाख रुपैयाँ लिएर भागेका दुई जनालाई जनताले कारबाही गरेका दाबी गरेका छन् ।
पार्टीको कारबाहीमा परेका उपाध्यक्ष दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई बाराका क्षेत्र नम्बर २ मा पार्टीकै कार्यकर्ताले मोसो फ्याँकेको समाचार बाहिरिएपछि अध्यक्ष राउतले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्- ‘जनमत पार्टीको एक करोड ९० लाख हाकाहाकी लिएर भागेका दुई जना फरार ठगहरूलाई जनताले कारबाही गरेका छन्,’ उनले लेखेका छन्, ' एघार जना माननीयहरूबाट ठगेको, बैंक भाउचर प्रमाणसहित अदालतमा पेस गरेको, पार्टीको झण्डै २ करोड रुपैयाँ ठगेर भागेका अभियुक्तहरूलाई बाराका जनताले कारबाही गरेका हुन् ।'
पार्टीका सांसद तथा कार्यकर्ताले दिएको रकमबाट पार्टीका लागि खरिद गरिएको रकम कोषाध्यक्ष यादवले आफ्नो श्रीमतीको नाममा राखेका अध्यक्ष राउतले आरोप लगाउँदै आएका छन् । उक्त घर पार्टीको नाममा सार्न भन्दा नमानेको र उक्त रकम बेइमानी गर्न लागेको भन्दै जनमतले प्रहरीमा दिएको उजुरीका आधारमा कोषाध्यक्ष यादव पक्राउ परेका थिए । यद्यपि हाल उनी धरौटीमा रिहा भएका छन् ।
रिहा भएका यादव र उपाध्यक्ष साह जनसंवाद यात्राका लागि बारा गएका वेला पार्टीकै कार्यकर्ताले उनीमाथि कालो पदार्थ फ्याँकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण