भारतीय पर्यटकलाई सहज प्रवेशका लागि सीडीओलाई निर्देशन
काठमाडौँ । मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले भारतीय पर्यटकहरूलाई नेपाल प्रवेशमा सहजता प्रदान गर्न मधेस प्रदेशका आठ वटै जिल्लाका प्रशासन कार्यालयका प्रमुखलाई निर्देशन दिएका छन् ।
उनले आइतबार सर्लाही, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै सीमामा सुरक्षाको नाममा अनावश्यक चेकजाँच तथा असहज व्यवहार हुन नदिन निर्देशन दिएका हुन् ।
पत्रमा भनिएको छ, ‘भारतीय सिमानाकाबाट नेपाल घुम्न आएका पर्यकहरुलाई सीमानाकामा सुरक्षा चेक जाँच लगायतका नाममा अनावश्यक झन्झट दिइने तथा उचित व्यवहार नहुने जस्ता गुनासोहरू आएकाले भारतबाट आउने पर्यटकहरूलाई आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था हुन अनुरोध गर्दछु ।’
सो निर्देशन सङ्घका गृह मन्त्रालय, मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई बोधार्थ पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण