भोटेकोसीमा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत भएन
सारांश
- भोटेकोशी बाढीमा बेपत्ता भएका गोरखाका दुई जनाको शव सनाखत गर्न आफन्त नआएको प्रहरीले जनाएको छ।
- गत असार २४ गते भोटेकोसीमा आएको बाढीमा कन्टेनरसहित ११ जना बेपत्ता भएका थिए।
- शव फेला परे पनि गोरखाका आफन्त सम्पर्कमा नआउँदा सनाखतमा समस्या भएको एसपी भरतबहादुर विकले बताए।
गोरखा । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका गोरखाका दुई जनाका आफन्त शव सनाखत गर्न नआएको प्रहरीले जनाएको छ । बाढीमा कन्टेनर चालक गोरखा पालुङटार निवासी दिलबहादुर तामाङ र धनबहादुर विश्वकर्मा पुरिएर बेपत्ता भएका भनिए पनि हालसम्म शवको सनाखत गर्न आफन्त नआएका प्रहरीले जनाएको हो ।
गत असार २४ गते तिब्बतबाट कन्टेनरमा सामान ढुवानी गरिरहेका बेला अचानक भोटेकोसीमा बाढी आई कन्टेनरसहित ११ जना बेपत्ता भएका थिए । पालुङटार–६ गोरखाका भनिएका विक र तामाङ रसुवागढी भन्सार कार्यालय टिमुरेमा कन्टेनर चालकका रूपमा कार्यरत थिए ।
हाल विभिन्न व्यक्तिको शव फेला परिरहेको र मुचुल्का गरी रसुवा जिल्ला अस्पतालको शव गृहमा राखिएका छन्, तर शव सनाखत गर्न गोरखाका कोही सम्पर्कमा नआएपछि पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकले बताए ।
शव सनाखत तथा दाबी गर्न कोही नआएपछि जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण