तनहुँमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ
सोमबार, ३० असार २०८२, ०६ : १७
सारांश
- तनहुँको म्याग्दे गाउँपालिकामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
- प्रहरीले उनीहरूको साथबाट नगद र तास बरामद गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा राखिएको छ।
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ५ साउनेपानीस्थित दिलमाया आलेको घरमा भाडामा बस्ने कमल रानाले सञ्चालन गरेको कटेजबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको छ।
विशेष सूचनाको आधारमा गत असार २८ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूबाट चार बुक तास र नगद रु ६३ हजार २६० रुपैयाँ बरामद गरिएको छ।
पक्राउ पर्नेहरूमा निम्न व्यक्तिहरू रहेका छन्:
- जिल्ला दैलेख, ढुङ्गेश्वर गाउँपालिका वडा नं. १ घर भई हाल शुक्लागण्डकी नगरपालिका वडा नं. ५ बेलचौतारा बस्ने वर्ष ३५ का इन्द्र बहादुर डाँगी।
- जिल्ला तनहुँ, म्याग्दे गाउँपालिका वडा नं. ५ साउनेपानी बस्ने वर्ष ४० का कमल राना।
- जिल्ला तनहुँ, शुक्लागण्डकी नगरपालिका वडा नं. ७ नमुना बस्ती बस्ने वर्ष ५५ का अङ्ग बहादुर तामाङ।
- सोही वडा नं. ७, खैरेनीटार बस्ने वर्ष ५१ का उपेन्द्र तिम्सिना।
- भिमाद नगरपालिका वडा नं. ८ भाँगर बस्ने वर्ष ४५ का राजु थापा।
- भिमाद नगरपालिका वडा नं. ८ भाँगर बस्ने वर्ष ५२ का केशवराज कँडेल।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण