मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मध्यपूर्वको यात्रा

कुलमानको पहिलो ‘राजनीतिक वार्मअप’ सकियो, ‘म्यान्डेट पाए नयाँ पार्टी खोल्छु’

सोमबार, ३० असार २०८२, १२ : २७
सोमबार, ३० असार २०८२

सारांश

  • कुलमान घिसिङ 'उज्यालो नेपाल' अभियानको लागि मध्यपूर्वको भ्रमण सकेर नेपाल फर्केका छन्।
  • उनले प्रवासमा रहेका नेपालीहरूको समर्थन जुटाउन मध्यपूर्वका विभिन्न देशहरूमा भेटघाट गरे।
  • घिसिङले नयाँ पार्टी खोल्ने वा मूलधारको राजनीतिमा प्रवेश गर्ने संकेत दिए, यदि जनताले चाहेमा।

काठमाडौँ । ‘उज्यालो नेपाल’ अभियान लिएर मध्यपूर्वी देशको भ्रमण सकेर नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आज नेपाल फर्किएका छन् । नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त भएपछि राजनीतिमा होमिने तयारी गरेका उनले प्रवासमा रहेका नेपालीको समर्थन बटुल्न मध्यपूर्वको यात्रा गरेका हुन् । 

यसअनुसार गत जुलाई २ देखि ४ सम्म बहराइन,  जुलाई ५ देखि ८ सम्म युएई,   जुलाई ९ देखि १० सम्म ओमन र कतारमा जुलाई ११ देखि १३ सम्म मध्यपूर्वका विभिन्न देशहरूमा रहेका नेपाली श्रमिकहरूसँग साक्षात्कार गरी आइतबार राती कतारबाट नेपाल फर्किएका हुन् । उनलाई गैरआवासीय नेपाली संघका अध्यक्ष रमेश भट्टले हमाद इन्टरनेशनल एयरपोर्टबाट बिदाइ गरेका छन् । 

घिसिङको स्वागत र सत्कारमा मध्यपूर्वका नेपाली दूतावासदेखि त्यहाँ रहेका स्थापित सङ्घ सङ्गठनहरूले  भेट गरेका थिए । उनीहरूले आफूहरूको समस्याबारे गुनासो समेत गरेका थिए । कतारमा घिसिङले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतार र नेपाल आदिवासी जनजाति महासघंको संयुक्त आयोजनामा आयोजित ‘उज्यालो संवाद कार्यक्रम २०२५’ लाई सम्बोधन गरे । 

उनले विदेशमा काम गरेर विप्रेषणले मुलुकको अर्थतन्त्र धानिरहेको अवस्थामा सरकारले विदेशमा बस्ने नेपालीलाई अपमानित गर्ने गर्ने गरेको आरोप समेत लगाए । उनले जनताले म्यान्डेट दिए आफू नयाँ राजनीति पार्टी खोल्ने र नभए पनि मूलधारको  राजनीतिमा समेत प्रवेश गर्ने बताए ।  ‘तपाईंहरू जे गर भन्नुहुन्छ, म त्यो गर्न तयार छु ।’ देशको बदलिँदो राजनीति परिवेशले आफूलाई सिकार बनाएको उनको दाबी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप