बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मीनबहादुर गुरुङलाई प्रधानमन्त्रीको शुभकामना : दान गर्ने सामर्थ्य वृद्धि हुँदै जाओस्

सोमबार, ३० असार २०८२, १२ : ४०
सोमबार, ३० असार २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दम्पत्तिलाई दानको सामर्थ्यको शुभकामना दिए।
  • प्रधानमन्त्रीले गुरुङको समाजसेवामा योगदानको प्रशंसा गर्दै अस्पताल बनाउनेको प्रशंसा गरे।
  • उनले सम्पत्ति बढाउन र दान गर्ने क्षमता बढाउनुपर्ने कुरा व्यक्त गर्दै निरोगी नेपालको नारा दिए।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दम्पत्तिलाई दान गर्ने सामर्थ्य वृद्धि हुँदै जाओस् भनेर शुभकामना दिएका छन् । सोमबार त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गुरुङले कमाएको केही अंश समाजसेवामा लगाएकोमा धेरै धेरै धन्यवाद भने । 

‘धेरैले पैसा कमाएका छन्, कसैले अस्पताल बनाउँछन् । कोही क्यासिनो जान्छन्’, प्रधानमन्त्रीले भने, ‘अस्पताल बनाउनेको प्रशंसा गर्छु, क्यासिनो जानेहरू सप्रिउन् भन्छु । कामना गर्ने हो । मीनबहादुर दम्पत्तिलाई धेरै धेरै धन्यवाद । उहाँहरूले असाधारण काम गर्नुभएको छ, गर्दै आउनुभएको छ ।’

साथै प्रधानमन्त्रीले कसैको ध्यान कमाउने मात्र हुने भए पनि गुरुङको सही ठाउँमा खर्च गर्ने पनि रहेको बताए ।  ‘सबै दान गर्नुहुँदैन । कमाउनु पनि पर्‍यो, सिञ्चित पनि गर्नुपर्‍यो कमाएकोबाट दान पनि गर्नुपर्‍यो । दान गर्न सक्ने सामर्थ्य पनि प्राप्त गर्नुपर्‍यो । मीनबहादुर गुरुङ दम्पत्तिलाई दान गर्ने सामर्थ्य वृद्धि हुँदै जाओस्’, प्रधानमन्त्रीले शुभकामना दिए । उनले सम्पत्ति गुरुङको बढोस्, अस्पताल र स्कुल हाम्रा बनुन् भन्दै सरकारले निरोगी नेपालको नारा दिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप