अर्थमन्त्री यादवको राजीनामा माग्दै प्रदेशसभा बैठक बहिष्कार
सारांश
- जसपाले बजेटमा आर्थिक अपराध गरेको आरोप लगाउँदै अर्थमन्त्री सुनिल यादवको राजीनामा माग गरेको छ।
- जसपाले २९४ पेजको रेडबुकमा योजना नराखेको र आर्थिक अपराध गरेको आरोप लगाएको छ।
- जसपाले सदन बहिष्कार गरे पनि प्रदेश सभाको बैठक भने जारी रहेको छ, जहाँ विनियोजन विधेयकमाथि छलफल भइरहेको छ।
जनकपुर । जनता समाजवादी नेपाल (जसपा)ले बजेटमा आर्थिक अपराध गरेको भन्दै अर्थमन्त्री सुनिल यादवको राजीनामा मागेको छ । सो पार्टीले मन्त्री यादवको राजीनामा माग गर्दै सोमबार सदन समेत बहिष्कार गरेको छ ।
सोमबार बिहान जसपाले बैठक सुरु हुने बित्तिकै अर्थमन्त्री यादवको राजीनामाको माग गर्दै बैठक बहिष्कार गरेको हो । पूर्मुख्यमन्त्री यादवले अर्थमन्त्री यादवबाट २९४ वटा पेज नै रेडबुकमा नराखेर सदन छलेको आरोप लगाए ।
उनले भने, ‘सदनमा उपलब्ध गराइएको २९४ पेजको रेडबुकमा ८ हजार योजना राखिएको छैन, अर्थ मन्त्रालयको इन्ट्रीमा भने ७५५ वटा राखिएको छ । जुन आर्थिक अपराध हो ।’
मूलतः यही गडबडी गरेको कारणले अर्थमन्त्रीको राजीनामाको माग गर्दै आफूहरूले सदन बहिष्कार गरेको पूर्व मुख्यमन्त्री यादवले बताए । जसपाले सदन बहिष्कार गरे पनि प्रदेश सभाको बैठक भने जारी रहेको छ ।
जारी बैठकमा अर्थमन्त्री यादवले विनियोजन विधेयक छलफलका लागि सदनमा पेस गरेका छन् । त्यसमाथि अहिले बैठकमा छलफल चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण