‘सुम्निमा’मा कुन्साङ र उपासना जोडी
काठमाडौँ । अभिनेता कुन्साङ बमजन र उपासना सिंह ठकुरीको रोमान्स फिल्ममा देख्न पाइने भएको छ ।
‘सुम्निमा’ फिल्मका लागि निर्माण पक्षले अभिनेताको रुपमा बमजन र अभिनेत्री ठकुरी फाइनल गरेसँगै यी दुवैको रोमान्स निश्चित भएको हो । बमजनले यसअघि फिल्म ‘दान्भी’ अभिनय गरेका थिए भने ठकुरीले केही फिल्म अभिनय गरिसकेकी छन् ।
फिल्म मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् । गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्म बिशुद्ध प्रेमकथामा बन्न लागेको हो ।
फिल्मका अन्य कलाकार र प्राविधिक टिम छनोटका क्रममा छन् । निर्देशक चाम्सका अनुसार युनिसर्भल कथा र अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राख्दै यो फिल्म तयार गर्न लागिएको हो । राजीव थापाको लेखन रहेको फिल्म आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताइएको छ । चाम्सद्वारा निर्देशित ‘अञ्जिला’ केहीअघि प्रदर्शनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण