सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
काठमाडाैँ महानगर

काठमाडौँ महानगर : जनप्रतिनिधि र कर्मचारीलाई नक्सा पासमा ९० प्रतिशत छुट

सोमबार, ३० असार २०८२, १५ : ३१
सोमबार, ३० असार २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारी र उनको परिवारलाई फाइदा हुने गरी आर्थिक ऐन ल्याएको छ ।  

आगामी आर्थिक वर्ष २०८२/०८३ को आर्थिक ऐनमा भनिएको छ,‘काठमाडौँ महानगरपालिकाका बहालवाला जनप्रतिनिधि, स्थायी कर्मचारी र निजका एकाघरमा रहेका पतिपत्नी, आमा बाबु वा सासू ससुराको नाममा अधिकतम तीन हजार वर्गफिट सम्मको आवासीय भवन निर्माण गर्न नक्सा पास दस्तुरको हकमा ९० प्रतिशत दस्तुर छुट हुनेछ ।’

जनप्रतिनिधि र कर्मचारीले आफूलाई फाइदा पुग्ने गरी ऐन ल्याएको बताइएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप