एभरेष्ट महिला भलिबल लिगको अक्सन साउन २ गते हुने
काठमाडौँ । नेपालको भलिबल इतिहासमै पहिलो पटक महिला फ्रेन्चाइज भलिबल लिगको लागि खेलाडीहरूको अक्सन हुने भएको छ । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)को दोस्रो संस्करणको लागि साउन २ गते ऐतिहासिक अक्सन हुन लागेको हो ।
नेपाली महिला भलिबलमा यो ऐतिहासिक क्षण हुने लिग आयोजना हुने आयोजक इन्फिनिटी ड्रिम्सले आइतबार विज्ञप्ति जारी गर्दै जनाएको हो ।प्रत्यक्ष बोलकबोल प्रणालीमार्फत फ्रेन्चाइज टोलीहरूले राष्ट्रिय स्टार खेलाडीहरूदेखि नवप्रतिभा र उदाउँदा खेलाडीहरूलाई आफ्नो टिममा चयन गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।
लिग आयोजकका अनुसार यो प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र पूर्ण रूपमा प्रतिभामा आधारित हुनेछ। यसले खेलाडीहरूको सीप र योगदानको उचित मूल्याङ्कन गर्न सहयोग गर्नेछ ।
‘यो अक्सन मात्र नभई नेपाली महिला भलिबलको लागि ऐतिहासिक मोड हो’ आयोजकले भनेको छ, ‘खेलाडीहरू अब व्यावसायिक संरचनाभित्र प्रवेश गर्दै छन्, जहाँ उनीहरूको सीप, बजार मूल्य र पहिचानलाई संस्थागत मान्यता दिइनेछ। यो सम्पूर्ण खेल क्षेत्रको लागि गर्वको क्षण हो ।’
काठमाडौँमै हुने अक्सन कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति हुने आयोजकले जनाएको छ । यो अक्सनसँगै नेपाली महिला भलिबल नयाँ युगमा प्रवेश गर्ने आयोजकको विश्वास छ ।
नेपालमा भलिबलमा हुन लागेको ऐतिहासिक अक्सनलाई नेपाली महिला भलिबलको व्यावसायिक यात्राको महत्त्वपूर्ण मोडको रूपमा हेरिएको छ । ‘नेपाली भलिबल इतिहासमा यो ऐतिहासिक कार्यक्रम हुनेछ । नेपाली भलिबलमा पहिलो पटक महिला भलिबल लिगको लागि अक्सन हुन लागेको हो’ इन्फिनिटी ड्रिम्सकी सिइओ स्नेभी चापागाईँले भनिन् ।
भदौ २० देखि सुरु हुने इडब्लुभिएलको दोस्रो संस्करणमा साविक विजेता कर्णाली यशवीससहित गण्डकी थण्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काडमाडौं स्पाइकर्स र मधेस युनाइटेडको सहभागिता हुनेछ ।
पहिलो संस्करणको इडब्लुभिएलको उपाधि कर्णाली यशवीसले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण