विपक्षी दलहरूको विरोधकाबिच मधेस सरकारको बजेट पारित
वीरगञ्ज। मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट साेमबार पारित भएको छ । बजेट सार्वजनिक भएको ३० औँ दिनमा प्रदेश सरकारको बजेट पास भएको हो ।
विपक्षी दलहरुले बजेटमा बिचौलिया हाबी भएको भन्दै लगातार सदन अवरुद्ध गर्दै आइरहेका थिए । तर त्यसको बाबजुद पनि सत्तारुढ दलहरूले सर्वसम्मत बजेट आजको सदनबाट पास गरेका छन्।
आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक (बजेट) विपक्षी दलहरूको बहिष्कार र चर्को विरोधका बाबजुद फास्ट ट्र्याकबाट पारित गरिएको हो । सदनमा विपक्षी दलका सांसदहरूको शून्य उपस्थितिमा सत्तापक्षका सांसदहरूले बजेट बहुमतले अनुमोदन गरेका थिए ।
विपक्षी दलहरूले बजेटको ‘रेडबुक’ मा गम्भीर त्रुटि र अनियमितता भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार, सरकारले सांसदहरूलाई उपलब्ध गराएको रेडबुक र अर्थ मन्त्रालयले कार्यदललाई दिएको रेडबुकमा २९४ पाना फरक परेको छ।
यसलाई विपक्षी दलले ‘आर्थिक अपराध’ भन्दै सोमबार बिहानैदेखि कार्यदलको बैठक र सदनसमेत बहिष्कार गरेका थिए। विपक्षी दलहरूको प्रमुख माग अर्थमन्त्री सुनिल यादवको राजीनामा र त्यसपछि नयाँ अर्थमन्त्रीले ल्याएको बजेट मात्र स्वीकार्य हुने रहेको थियो।
गत असार १ गते अर्थमन्त्री सुनिल यादवले ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण