१० बजे, १० समाचार : सरकारको एक वर्ष, संसद्मा प्रचण्डको आरोपै-आरोप
आज मिति २०८२ साल असार महिनाको ३० गते सोमबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१० बजे १० समाचार’ लिएर उपस्थित भएका छौँ–
- पाँच करोडमै खरिद !
कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य उपकरण खरिदमा व्यापक अनियमितता गर्ने गरेको आशङ्कालाई बल पुग्ने गरी मन्त्रालयबाटै एक तथ्याङ्क सार्वजनिक भएको छ ।
- सरकारको एक वर्ष
नेपाली कांग्रेस र नेकपा एमाले संसद्का दुई ठुला दल मिलेर सरकार बनेको असार ३० गते एक वर्ष पूरा हुँदै छ । तर यी दुई दलले जुन सहमति गरेर सरकार निर्माण गरेका थिए त्यो आफैँले पूरा गर्न नसकेको देखिएको छ । अर्थात् निकै ठुलो उपलब्धि हासिल गर्न भनेर रातारात बनाइएको सरकार ‘फेल’ भएको धेरैले टिप्पणी गरेका छन् । उनीहरूसबिचको सहमति कार्यान्वयन पक्ष अति नै कमजोर देखिएको छ ।
- संसद्मा प्रचण्ड
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार र सत्ता गठबन्धनले सार्वभौम संसद्लाई नै बिचौलियाको खेल मैदान बनाएको गम्भीर आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई विशेष सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफू नेतृत्वको सरकारलाई हटाएर दुई ठुला दल मिलेर बनेको सरकारले एक वर्षको अवधिमा जनताको पक्षमा कुनै काम गर्न नसकेको बरु सरकार र संसद् दुवै बिचौलियाको खेल मैदान बनेको आरोप लगाएका हुन् ।
- एमालेमा रडाको
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षको दाबी गर्ने प्रस्ट सन्देश दिएपछि पार्टीभित्र हलचल पैदा भएको छ । असार १४ गते तत्कालीन महासचिव मदन जयन्तीको अवसर पारेर भण्डारीले पुनः एमालेको राजनीतिमा जोडिएको घोषणा गरेकी थिइन् ।
- अर्बौँको राजस्व गुमाउँदै राज्य
जुम्लाको तिला गाउँपालिकाले चालु आर्थिक वर्षको लागि ल्याएको बजेटमा आन्तरिक स्रोतबाट जम्मा २० लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । यो माथिल्ला तहका सरकारबाट प्राप्त हुने चार प्रकारका अनुदान र सूत्रमा आधारित राजस्व बाँडफाँट बाहेकको हिस्सा हो ।
- गण्डकीको बजेट
चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले २२ अर्ब ९३ करोड रुपैयाँ बजेट खर्च गर्यो । ३२ अर्ब ९७ करोडको बजेट ल्याएको सरकारले करिब ७० प्रतिशत खर्च गरेको हो । चालुतर्फ ६० प्रतिशत अर्थात् ७ अर्ब ९३ करोड र पुँजीगततर्फ ७६.७३ प्रतिशत अर्थात् १४ अर्ब ९९ करोड खर्च भएको हो ।
- शेखर–गगनबिच कित्ताकाट
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले २०७९ सालमा भएका तीन तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै असार २३ गते बुधबार २३ नेता–कार्यकर्तालाई कारबाही गर्यो । ५ सदस्यीय अनुशासन समितिमा बहुमतले अनुशासनको कारबाही गरेपछि पार्टीभित्र नेता डा. शेखर कोइराला नेतृत्वको इतर समूहले विरोध गरेको छ ।
- वनमन्त्रीको एक वर्ष
नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आफ्ना उपलब्धि सार्वजनिक गरेका छन् । उनले मन्त्रीको जिम्मेवारी सम्हालेको सोमबार एक वर्ष पूरा भएको हो ।
- जग्गाको मूल्य
काठमाडौँ महानगपालिकाले जग्गाको सरकारी मूल्यांकन गरेको छ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ल्याएको आर्थिक ऐन अनुसार सबैभन्दा उच्च मूल्य ५० लाख रुपैयाँ प्रतिआना छ । महानगरपालिकाले सम्पत्ति कर मूल्यांकन गर्न जग्गाको प्रतिआना मूल्य तोकेर प्रस्ताव गरेको हो ।
- छानबिन
सरकारले पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण