प्रश्न सोध्ने प्रचण्डलाई ओलीको जवाफ– बनिरहेको प्यारापिट हेर्न जानुस्
सारांश
- पूर्वप्रधानमन्त्री प्रचण्डले कीर्तिपुर क्रिकेट मैदानको पूर्वाधारको अभावबारे प्रश्न उठाएका थिए।
- प्रधानमन्त्री ओलीले निर्माणाधीन प्यारापिट र जडान हुँदै गरेका फ्लडलाइट हेर्न सुझाव दिए।
- ओलीले प्रचण्डको कार्यकालमाथि प्रश्न उठाउँदै आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गरे।
काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटको अभावबारे उठाएको प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ फर्काएका छन्।
सोमबार संसदमा विशेष सम्बोधन गर्नेक्रममा प्रचण्डले कीर्तिपुर मैदानको फ्लडलाइट र प्यारापिटबारे प्रश्न गरेका थिए । त्यसप्रति सोमबार नै फेसबुकमा प्रतिक्रिया दिँदै ओलीले निर्माणाधीन प्यारापिट र जडान हुँदै गरेका फ्लडलाइट पोल हेर्न जान सुझाव दिएका छन्।
ओलीले भनेका छन्, ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।’
ओलीले आफू प्रधानमन्त्री हुँदाका काम र प्रतिबद्धता सम्झाउँदै प्रचण्डको कार्यकालमाथि प्रश्न उठाए। ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन, गर्नुभयो पनि छैन,’ ओलीको टिप्पणी थियो।
‘मैले त दिन तोकेर गर्छु भनेँ, आफैँमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ,’ ओलीले थपे, ‘तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण