प्रधानमन्त्री ओलीले उपेन्द्रलाई भने– किन रिसाउनुभयो, आउनुस् मिलेर काम गरौँ
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बालुवाटारमा छलफल गरे।
- ओलीले सरकारमा मिलेर काम गर्न प्रस्ताव राखे, तर जसपाले त्रुटि सच्याउन र माग पूरा गर्नुपर्ने सर्त राख्यो।
- जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि देउवाले यादवसँग नियमित छलफल गरेका थिए।
काठमाडौँ । सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरिसकेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका छन् । आज साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमा राखेर यादवसँग छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्री अोलीले सरकारबाट समर्थन फिर्ता लिएको सन्दर्भ उठाउँदै यादवलाई भने, ‘तपाईंहरु किन रिसाउनुभएको छ, आउनुहोस् मिलेर सहकार्य गरौँ ।’
कांग्रेसका सभापति देउवालाई देखाउँदै प्रधानमन्त्री अोलीले भने– ‘हामी दुई मिलेका छौँ, तपाई पनि आउनुस्, मिलेर काम गरौँ ।’ ओलीले सरकारमै आएर मिलेर काम गरौँ भन्ने प्रस्ताव राख्नुभएको बताइएको छ ।
अध्यक्ष यादवको साथमा बालुवाटार पुगेका जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले भने– ‘सिधै सरकारमा आउन त प्रस्ताव गर्नुभएन तर सहकार्य गरौँ भन्नुभयो, सहकार्य मतलब हरेक कुरामा सहकार्य गरौँ भन्ने उहाँको भनाई थियो ।’
‘सरकारबाट भइरहेका त्रुटिहरू करेक्सन हुनुपर्छ, सरकारले गरेका प्रतिवद्धताहरु पुरा गर्नुपर्छ, जसपा नेपालले राख्दै आएका मागहरू पुरा गर्नुपर्छ । अनि सहकार्यका लागि बिचार गर्न सकिन्छ’ बैठकमा राखेका कुराबारे उपाध्यक्ष यादवले सुनाए ।
‘हामीले तपाईं नेतृत्वको सरकारलाई एक वर्षसम्म समर्थन कायमै राखेका थियौँ तर सरकारले मागहरू बारेमा केही सुनुवाइ गरेन । अनि बाध्य भएर समर्थन फिर्ता लिने निष्कर्षमा पुग्यौँ । अहिले पनि केही बिग्रेको छैन करेक्सन गर्नुहोस् अनि हामी पनि पुनर्विचार गर्छौ’ प्रधानमन्त्री ओलीसँगको छलफलबारे उपाध्यक्ष यादवले भने ।
प्रधानमन्त्री ओली र सभापति देउवासँग भएको छलफलबारे पार्टीमा छलफल गरेर कुनै निष्कर्षमा पुग्ने समेत उनले बताए ।
असार ८ गते बसेको कार्यकारिणी समितिको बैठकबाट जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर संसदीय दलबाट निर्णय नगरेका कारण सरकारबाट आधिकारिक रूपमा फिर्ता भएको छैन ।
सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेपछि नेपाली कांग्रेसका सभापति देउवाले अध्यक्ष उपेन्द्र यादवसँग नियमित छलफल गरिरहेका थिए । सभापति देउवाकै पहलमा आजको छलफल भएको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण