नेपाल टेलिभिजनद्वारा विभिन्न कर्मचारीका लागि आवेदन आह्वान
मङ्गलबार, ३१ असार २०८२, ०९ : ३६
सारांश
- नेपाल टेलिभिजनले विभिन्न पदका लागि खुला तथा समावेशी परीक्षाको लागि दरखास्त आह्वान गरेको छ।
- लोक सेवा आयोगको सहमतिमा, टेलिभिजनले २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ।
- योग्यता पुगेका नेपाली नागरिकहरूले तोकिएको समयभित्र आवेदन दिनुपर्नेछ।
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजनले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
लोक सेवा आयोगबाट सहमति प्राप्त भएसँगै टेलिभिजनले योग्य नेपाली नागरिकहरूबाट २१ दिनभित्र अनलाइन आवेदन दिन अनुरोध गरेको हो।
टेलिभिजनले आज प्रकाशित गरेको सूचनाअनुसार, इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ।
तोकिएको अवधिभित्र र रितपूर्वक आवेदन नदिने उम्मेदवारहरूलाई परीक्षामा सहभागी नगराइने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण