इन्जिनियरिङ परिषद्को रजिस्ट्रार नियुक्तिका लागि ६ जनाको नाम संक्षिप्त सूचीमा
सारांश
- इन्जिनियरिङ परिषद्को रजिस्ट्रार नियुक्तिका लागि ६ जनाको नाम संक्षिप्त सूचीमा परेको छ।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ २७ गते रजिष्ट्रारका लागि दरखास्त आह्वान गरेको थियो।
- संक्षिप्त सूचीमा परेका उम्मेदवारले साउन २ गते व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ।
काठमाडौँ । इन्जिनियरिङ परिषद्को रजिस्ट्रार नियुक्तिका लागि ६ जना आवेदकको नाम संक्षिप्त सूचीमा परेका छन् । संक्षिप्त सूचीमा पर्नेमा कामेश्वर यादव, कुल भूषण शर्मा, ज्योत्सना श्रेष्ठ, ध्रुवराज भट्टराई, रमेश ज्ञवाली र शिव मंगल गिरी रहेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ २७ गते रजिष्ट्रार नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । दरखास्तमध्ये स्वीकृत कार्यविधिअनुसार मूल्याङ्कन गरी संक्षिप्त सूचीमा राखेको मन्त्रालयले जनाएको छ ।
संक्षिप्त सूचीमा परेका उम्मेद्वारहरुले २०८२ साउन २ गते ११ बजे व्यावसायिक कार्य योजना प्रस्तुतीकरणसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखामा उपस्थित हुन जानकारी गराएको छ । साथै प्रत्येक उम्मेदवारलाई व्यावसायिक कार्ययोजना प्रस्तुतिका लागि बढीमा २० मिनेट समय निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण