मेक्सिकोबाट आउने गोलभेँडामा अमेरिकाले लगायो १७ प्रतिशत ट्यारिफ
सारांश
- ट्रम्प प्रशासनले मेक्सिकोबाट आउने गोलभेँडामा १७ प्रतिशत ट्यारिफ लगाएको छ।
- अमेरिकाले नयाँ व्यापार सम्झौता गर्न नसके ३० प्रतिशत ट्यारिफ लगाउने अल्टिमेटम दिएको थियो।
- अमेरिकी वाणिज्य मन्त्रीका अनुसार, मेक्सिकन टमाटर उत्पादकहरूले अमेरिकी किसानलाई नोक्सान पुर्याइरहेका थिए।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मेक्सिकोबाट आउने ताजा गोलभेँडामा १७ प्रतिशत ट्यारिफ (अतिरिक्त महसुल) लगाएको छ । गोलभेँडामा ट्यारिफ नलगाउने तीन दशक पुरानो सहमतिलाई खारेज गर्दै प्रशासनले यो निर्णय लिएको हो ।
अमेरिकाले मेक्सिकोलाई सोमबार अगस्ट १ सम्म सीमा वारापार नयाँ व्यापार सम्झौता गर्न होइन भने ३० प्रतिशत ट्यारिफको सामना गर्न अल्टिमेटम दिएको थियो । यो अल्टिमेटम दिए लगत्तै ट्रम्प प्रशासनको गोलभेँडामा ट्यारिफ लगाउने घोषणा आएको हो ।
‘मेक्सिको हाम्रो सबैभन्दा ठुलो सहयोगी मध्ये एक हो, तर धेरै लामो समयदेखि, हाम्रा किसानहरू अनुचित व्यापार अभ्यासहरूबाट पीडित छन् जसले गोलभेँडा जस्ता उत्पादनको मूल्य घटाइरहेको छ,’ अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले एक विज्ञप्तिमा भनेका छन् ।
अमेरिकामा प्रयोग हुने ७० प्रतिशत गोलभेँडा मेक्सिकोबाट आउँछ । १९९४ मा यो दर २० प्रतिशत हाराहारीमा थियो । १९९६ मा दुई देशले टोम्याटो सस्पेन्सन अग्रिमेन्ट गरेका थिए । अमेरिकी बजारमा मेक्सिकोबाट आउने गोलभेँडा नियमन गर्ने उद्देश्यले यो सम्झौता भएको थियो ।
सम्झौताको मुख्य उद्देश्य मेक्सिकन टमाटर उत्पादकहरूले अमेरिकी बजारमा टमाटर न्यून मूल्यमा बेचेर अमेरिकी किसानहरूलाई नोक्सान पुर्याउने कार्य रोक्नु थियो । त्यसयता यी दुई देशले चार पटक यो सम्झौता नवीकरण गरेका थिए । पछिल्लो नवीकरण २०१९ मा भएको थियो ।
यसले मेक्सिकोबाट आयात हुने गोलभेँडाबाट अमेरिकाका गोलभेँडा किसानको रक्षा गर्न नसकेको भन्दै अमेरिकाको वाणिज्य मन्त्रालयले अप्रिलमा नै ९० दिनभित्र सम्झौताबाट बाहिरिने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण