प्युठानमा एकल महिलाले सुरु गरे 'रातो अबिर अभियान'
प्युठान । प्युठानका महिलाले 'रातो अबिर अभियान' सुरुवात गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाहरूका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट करिब १ सय ५० जना एकल महिलाले यो अभियान सुरु गरेका हुन्।
_UBuF0mFqaa.jpg)
श्रीमान् गुमाएर एकल जीवन बिताइरहँदा पनि सेतो पहिरनमा हिँड्नुपर्दा समाजमा अपहेलित हुनुपरेको बताउँदै एकल महिलाहरूले रातो अबिर अभियान चलाएका हुन् । रातो रङ श्रीमानको उपहार नभएर प्रकृतिको उपहार भएकोले एकल हुँदा रातो रङ प्रयोग गर्न हुँदैन भन्ने सामाजिक कु-संस्कार तोड्न महिलाहरू जुर्मुराएका छन्। कस्तो रङ पहिरन गर्ने भन्ने महिलाहरूलाई स्वतन्त्रता हुनुपर्ने कार्यक्रमका सहभागीहरूले बताए ।_Juz2O1qt0U.jpg)
एकल महिलाहरूको क्षमता विकास गर्ने उद्देश्यले आइतबार र सोमबार प्यूठानको जुम्रीमा आयोजित कार्यक्रममा सहभागी एकल महिलाहरूले आफ्ना दुःख, कठिनाइ र समाजबाट भएका हेपाइका फेहरिस्त सुनाएका थिए । सवारीसाधनमा चढ्दा समेत साइत बिग्रिने भन्दै चालकले नचढाएको दुखेसो उनीहरूले पोखे ।
वैदेशिक रोजगारीको सिलसिलामा श्रीमान् गुमाएर एकल जीवन बिताइरहेकी नौ बहिनी गाउँपालिकाकी एक महिलाले गहभरि आँसु पार्दै कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद निमा गिरीको अगाडि दुःख पोखिन् ।
_oDBXBdqqNQ.jpg)
समाजले एकल महिलाहरूलाई तिरस्कृत गरिरहेको, राजनीतिक दलहरूले पनि महिलाहरूको संवैधानिक हक कुण्ठित गरिरहेकोले `रातो अबिर' अभियानसँगै अधिकारको उपभोगमा लाग्ने एकल महिलाहरूले उद्घोष गरेका छन् ।
एकल महिलाको उक्त अभियान अब प्युठानका ६४ वडा र सिङ्गो लुम्बिनी प्रदेशभरि पुर्याउनुपर्ने लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरले बताए। लुम्बिनी प्रदेश सांसद निमा गिरीले प्रमुख जिल्ला अधिकारीलाई एकल महिलाका समस्यालाई प्रो-एक्टिभ भएर चासो दिन र हिंसा हुन नदिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गरिन् ।
कार्यक्रममा सहभागीहरू २१ वर्षमै पति बितेकादेखि ६० वर्षसम्मका थिए। आफूजस्तै थुप्रै महिला भेट्न सबै खुसी भएका थिए।
_BVzPyHLpla.jpg)
_SwtTynjrQJ.jpg)
_V9nWHmZDMn.jpg)
तस्बिरहरु: मधुसुदन भण्डारी/नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण