भारी वर्षाका कारण नेपाल र श्रीलङ्काबिचको खेलको समय सर्यो
काठमाडौँ । भारी वर्षाका कारण नेपाल र श्रीलङ्काबिचको साफ महिला यू–२० च्याम्पियनसिपको खेल डेढ घण्टा पछि सरेको छ ।
बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे हुने तालिका रहेपनि डेट घण्टा सरेको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार वर्षाका कारण मैदान हिलाम्मे भएपछि खेल सरेर राति ८ः१५ बजे हुने भएको हो ।
यस्तै बङ्गलादेश र भुटानबिचको खेल पनि भारी वर्षाका कारण प्रभावित भएको छ । ढाकामा भएको मुसलधारे वर्षाले बसुन्धरा किंग्स एरिनाको मैदान खेल्न अयोग्य भएको हो । खेल अधिकारीहरूले दोस्रो हाफ कम्तीमा ४५ मिनेटका लागि स्थगित गरेका थिए। जहाँ जुटको बोरा प्रयोग गरेर मैदान सुकाउने प्रयास गरिएको थियो ।
खेल रोकिनुअघि हाफ टाइमसम्ममा बङ्गलादेशले भुटानविरुद्ध १–० को अग्रता लिएको थियो। खेलको सातौँ मिनेटमा शान्ति मार्डीले नजिकबाट गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाएकी थिइन् । साढे दुई घण्टाभन्दा बढीको ढिलाइपछि दोस्रो हाफ सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण