चीनको प्रस्ताव 'विश्व सभ्यता पहल'माथि काठमाडौँमा विमर्श
सारांश
- चिनियाँ राष्ट्रपति सि जिनपिङको विश्व सभ्यता पहलमाथि विज्ञहरूले धारणा राखेका छन्।
- पूर्व राजदूत लम्सालले चीनको अध्ययन आवश्यक रहेको बताए, किनकि चीन विश्व शक्ति बनिसकेको छ।
- कार्यक्रममा सहभागीहरूले चिनियाँ पहलको विश्वव्यापी सान्दर्भिकता र नेपालको अवस्थाबारे छलफल गरे।
काठमाडौँ । चिनियाँ राष्ट्रपति सि जिनपिङले सन् २०२३ मा प्रस्ताव गरेको ग्लोबल सिभिलाईजेसन इनिसियटिभ अर्थात विश्व सभ्यता पहलमाथि विज्ञहरूले धारणा राखेका छन् ।
फेन्ड्स अन द क्लाउडले आयोजना गरेको कार्यक्रममा पूर्व गृहमन्त्री एवं राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, पूर्व राजदूत युवनाथ लम्साल, फेन्ड्स अन द क्लाउडका अध्यक्ष शोभित उप्रेती, परराष्ट्र जानकार डीबी सुनार लगायतले चिनियाँ अवधारणाको सभ्यता पहल, त्यसको विश्वव्यापी सान्दर्भिकता र नेपालको अवस्थाबारे धारणा राखेका हुन् ।
कार्यक्रममा पूर्व राजदूत लम्सालले चीन विश्व शक्तिका रूपमा स्थापित भइसकेकाले दक्षिण एसिया, समग्र एसिया र सम्पूर्ण विश्व बुझ्न चीनको अध्ययन जरुरी रहेको बताए ।
पूर्व मन्त्री तामाङले पृथ्वीनारायण शाहको उपदेश र राजा महेन्द्रको नीति लिएर अघि बढे चीनले जस्तै हरेक क्षेत्रमा छलाङ मार्न सकिने विश्वास व्यक्त गरे ।
अध्यक्ष उप्रेतीले चिनियाँ पहलले परम्परा, सभ्यता, मर्यादित लोकतन्त्र र जनता( जनताबिचको सम्बन्ध समेटेकाले त्यसको अनुसरण सबैले गर्नुपर्ने धारणा राखे ।
चीनको यो अन्तर्राष्ट्रिय पहलले विश्वभरका विभिन्न सभ्यताहरुकाबिच सम्मान, सहयोग र सद्भाव बढाउने लक्ष्य राख्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण