श्रीकृष्ण जन्माष्टमीको अवसरमा लण्डनमा श्रीमद्भागवत सप्ताह हुने
काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा बेलायतमा श्रीमद्भागवत कथा सप्ताह आयोजना हुने भएको छ।
धर्मदर्शन फाउन्डेशन नेपाल र बेलायत निवासी भक्तजनहरूको सक्रियतामा श्रीमद्भागवत कथा सप्ताह आगामी अगस्ट १२ देखि १८ तारिखसम्म साउथलस्थित विश्व हिन्दू मन्दिरमा आयोजना गरिनेछ । कार्यक्रम प्रत्येक दिन साँझ ४ बजेदेखि एक हप्तासम्म सञ्चालन हुनेछ।
कथावाचनका लागि अन्तर्राष्ट्रिय कथाव्यास पण्डित कुबेर सुवेदी बेलायत आउन लागेका छन्। १८ महापुराण प्रवक्ता पण्डित सुवेदीले नेपालका विभिन्न स्थानमा विशेष गरी चितवनस्थित देवघाट आश्रममा दैनिक तीन सयभन्दा बढी भक्तजनलाई निःशुल्क भोजन तथा बसोबासको व्यवस्था गर्दै आएका छन्।
धर्मदर्शन युट्युबमार्फत विश्वभर धार्मिक जागरण, भक्ति–ज्ञान तथा आध्यात्मिक कथा प्रवचन गर्ने सुवेदीले बेलायतमा पनि कथा, प्रवचन र भजन–कीर्तन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।
फाउन्डेशनले बेलायतवासी सम्पूर्ण नेपालीहरुलाई तन, मन, धनद्वारा सहयोग गर्न, कथा श्रवण गर्न र प्रसाद ग्रहणका लागि परिवारसहित उपस्थित हुन हार्दिक आमन्त्रण गरेको छ।
यसैबीच, आगामी १६ अगस्टका दिन श्रीकृष्ण जन्माष्टमी महोत्सव भव्य रूपमा आयोजना गरिने पनि फाउन्डेशनले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण