माओवादीको स्थायी समिति बैठक साउन १६ मा बस्ने
सारांश
- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक साउन १६ गते बस्ने भएको छ।
- बैठकमा जागरण अभियानको समीक्षा, नेताहरूको कार्यविभाजन, केन्द्रीय समिति बैठकको तयारी, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
- एक वर्षपछि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक साउन १६ गते बस्ने भएको छ । असार २६ गते बसेको माओवादीको पदाधिकारी बैठकले साउनको दोस्रो साताभित्र स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
पदाधिकारी बैठकको निर्णय अनुसार स्थायी समिति बैठकको मिति तय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकको एजेन्डा जागरण अभियानको समीक्षा, नेताहरूको कार्यविभाजन, केन्द्रीय समिति बैठकको तयारी, समसामयिक राजनीतिक विषय रहेको पौडेलले जानकारी दिए ।
‘स्थायी समिति बैठक १६ गते बस्ने निश्चित भयो । जागरण अभियानको समीक्षा, केन्द्रीय समिति बैठकको तयारी, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ’, उनले भने ।
एक वर्षपछि माओवादीको स्थायी समिति बैठक बस्न लागिएको हो । गतवर्ष साउनको अन्तिम साता बैठक बसेको थियो । अघिल्लो वर्ष उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माण, समस्या र समाधानको विषयमा १४ बुँदे प्रस्ताव पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण