सर्वोच्च अदालतले पनि रोक्यो चलचित्र उदयपुर फाइल्सको रिलिज
बुधबार, ३२ असार २०८२, १५ : ४५
सारांश
- सर्वोच्च अदालतले कन्हैया लाल हत्या प्रकरणमा आधारित फिल्म 'उदयपुर फाइल्स' को रिलिजमा प्रतिबन्ध कायम राखेको छ।
- अदालतले मुद्दाको सुनुवाइ जुलाई २१ सम्मका लागि स्थगित गरेको छ र निर्माताहरूलाई समितिको निर्णय पर्खन भनेको छ।
- दिल्ली उच्च अदालतको फैसलाविरुद्ध फिल्मका निर्माताहरूले सर्वोच्च अदालतमा निवेदन दिएका थिए, फिल्म रिलिजको तयारी थियो।
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले कन्हैया लाल हत्या प्रकरणमा आधारित फिल्म 'उदयपुर फाइल्स: कन्हैया लाल टेलर मर्डर' को रिलिजमा प्रतिबन्ध कायम राखेको छ। यसअघि दिल्ली उच्च अदालतले पनि फिल्मको रिलिजमा रोक लगाएको थियो।
सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ जुलाई २१ सम्मका लागि स्थगित गरेको छ। अदालतले निर्माताहरूलाई फिल्म विरुद्धको आपत्तिको सुनुवाइ गर्न केन्द्रले नियुक्त गरेको समितिको निर्णय नआउन्जेल पर्खन भनेको छ।
दिल्ली उच्च अदालतको फैसलाविरुद्ध फिल्म ‘उदयपुर फाइल्स’ का निर्माताहरूले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। यो फिल्म जुलाई ११ मा सिनेमाघरमा रिलिज हुने तालिका थियो।
समाचार एजेन्सी पीटीआईका अनुसार फिल्मका निर्माताहरूले 'सेन्सर बोर्ड' बाट प्रमाणीकरण पाए पनि फिल्मको रिलिज रोकिएको तर्क गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण