राष्ट्रियसभामा अल्पमतमा पर्यो ओली नेतृत्वको सरकार
सारांश
- जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ।
- भूमि विधेयकमा असहमति जनाउँदै जसपा नेपालले समर्थन फिर्ता लिएको हो।
- राष्ट्रिय सभामा जसपा नेपालका ३ सांसद छन् र उनीहरु विपक्षमा रहेपछि सरकार अल्पमतमा परेको हो।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
जसपा नेपालको बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा अल्पमतमा परेको हो । भूमि विधेयकमा समेटिएका विषयवस्तुमाथि असहमति जनाउँदै जसपा नेपालले समर्थन फिर्ता लिएको हो ।
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्देशन बमोजिम बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
जसपा नेपालका राष्ट्रियसभामा ३ सांसद छन् । ती सांसदहरू विपक्षमा रहेपछि ५९ सदस्यीय राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको हो ।
बहुमतका लागि ३० मत हुनुपर्नेमा सरकारसँग अब कांग्रेसका १६, एमालेका ११ र लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद मात्रै छन् । यी सबै जोड्दा २८ मत मात्र हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण