भ्रष्टाचारविरूद्ध राप्रपाकाे अभियान : शुक्रबार प्रदर्शनसहित अख्तियारलाई ज्ञापनपत्र बुझाउने
सारांश
- राप्रपाले भ्रष्टाचारविरुद्धको प्रदर्शन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापनपत्र बुझाउने भएको छ।
- राप्रपाले भ्रष्टाचारका घटनाहरू बढेको भन्दै देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा शुक्रबार अख्तियारको कार्यालयमा ज्ञापनपत्र बुझाइनेछ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले शुक्रबार(साउन २) भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
भ्रष्टाचारका काण्डहरू बढ्दै गएको भन्दै राप्रपाले प्रदर्शन सहित ज्ञापनपत्र बुझाउन लागेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा शुक्रबार अख्तियारको कार्यालय पुग्ने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
गत असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरूमा समेत चरणबद्ध रूपमा भ्रष्टाचार विरुद्धको दबाबमूलक अभियान सञ्चालन गर्नेछ ।
'सरकारका मन्त्रीहरू र उच्च पदस्थ कर्मचारीहरू एकपछि अर्को भ्रष्टाचारका काण्डमा संलग्न भइरहेको घिनलाग्दो समाचारहरू दिनहुँजसो आइरहेको छ,बुधबार प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,'यसै परिप्रेक्ष्यमा राप्रपाले साउन २ गते शुक्रबार दिउँसो १:०० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका सबै काण्डहरूको अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन आयोगको केन्द्रीय कार्यालय टंगालमा भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित ज्ञापनपत्र पेस गर्ने कार्यक्रम तय भएको छ ।'
भ्रष्टाचार विरुद्धको अभियानमा सहभागी बन्न राप्रपाले आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण