पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिव मन्दिर
सारांश
- लमजुङको बरेटार शिव मन्दिरको पुनर्निर्माण सुरु गरिएको छ, जुन २१९ वर्ष पुरानो हो।
- मन्दिर संरक्षणका लागि समिति गठन गरी १९ लाख रुपैयाँ संकलन गरी विभिन्न संरचना निर्माण गरियो।
- प्रदेश सरकारले धार्मिक क्षेत्रमा बजेट विनियोजन गरे पनि मन्दिरले बजेट नपाएको गुनासो छ।
लमजुङ। यहाँको सुन्दर बजार नगरपालिका–६ स्थित बरेटार शिव मन्दिरको पुनर्निर्माण सुरु गरिएको छ । छ रोपनी १३ आनामा फैलिएको बरेटार शिव मन्दिर करिब दुई सय १९ पुरानो भएको बताइन्छ ।
वर्षौँ सम्म उचित संरक्षण नहुँदा मन्दिरको संरचना जीर्ण बनेको थियो । २०७२ सालमा मन्दिर संरक्षणका लागि समिति गठन गरिएसँगै यसको पुनर्निर्माण सुरु गरिएको हो । आनन्दलाल श्रेष्ठको अध्यक्षतामा गठित समितिले मन्दिर संरक्षण सुरु गरी सोही वर्ष शिव महापुराणको आयोजना गरेर करिब रु १९ लाख सङ्कलन गरेको थियो ।
सो रकमबाट पर्खाल, होमकुण्डको, मन्दिरको अगाडि ढुङ्गा बिछ्याउने कार्य, चौतारा निर्माण, ट्रस्ट स्थापनालगायतका काम सम्पन्न भएका छन् । यी संरचनाले मन्दिरको धार्मिक र भौतिक स्वरूप परिवर्तन भएको छ । समितिले विभिन्न सङ्घ संस्था तथा व्यक्तिको सहयोगमा थप संरचना निर्माण गरिरहेको छ ।
२०७८ सालदेखि मन्दिर तथा पौवाको संरक्षण पुरातत्त्व विभागसँग समन्वय गरेर अगाडि बढाइएको छ । त्यसयता पुरातत्व विभागले पुनर्निर्माण, मर्मत तथा संरक्षणमा आवश्यक प्राविधिक र आंशिक आर्थिक सहयोग गर्दै आएको समितिका अध्यक्ष श्रेष्ठले बताए ।
मन्दिरमा हाल दैनिक नित्य पूजा–आरती हुँदै आएको छ । हालै प्रदेश सरकारले धार्मिक क्षेत्रमा रु २१ करोड विनियोजन गरे पनि बरेटार शिव मन्दिरको नाममा बजेट नदिएको समितिको गुनासो छ । “धेरै स्थानमा साना संरचनाका लागि बजेट गयो, तर यहाँको ऐतिहासिक मन्दिर सरकारको नजरबाटै ओझेलमा पर्यो,” अध्यक्ष श्रेष्ठले भने ।
यस मन्दिरलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । त्यसका लागि पूर्वाधार निर्माण, सरसफाइ, सञ्चार सुविधा तथा सांस्कृतिक कार्यक्रमको आयोजना आवश्यक देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण