माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण
सारांश
- रामेछापका माझी समुदायका युवाहरूले आफ्नो भाषा, संस्कार र संस्कृति जोगाउन अभियान चलाएका छन्।
- युवा पुस्ताले भाषा र संस्कार हस्तान्तरणका लागि बुढापाकासँग मिलेर विभिन्न कार्यक्रम गर्दैछन्।
- माझी समुदायको पहिचान जोगाउन बालबालिका र किशोरकिशोरीलाई भाषा र संस्कृतिको प्रशिक्षण दिइएको छ।
रामेछाप । रामेछापका माझी समुदायका युवाले आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउने अभियान सञ्चालन गरिहरेका छन् ।
यसका लागि युवा पुस्ताले बुढापाकासँग सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरणका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् । पनि गराइरहेका थिए । आफ्नो भाषा र संस्कृति हराउँदै गएको भन्दै युवाहरूले माझीहरूको सामाजिक विषयवस्तुमा छलफल गर्न सामाजिक छलफल मञ्च (मजे सावा) नाम सङ्गठन बनाएर काम गरिरहेका छन् । सङ्गठनले जिल्लाका माझी समुदायका विभिन्न १० स्थानमा केही दिनअघि आयोजना गरेको बालबालिका तथा किशोर किशोरीका लागि भाषा तथा संस्कृति प्रशिक्षण कार्यक्रममा बुधबार सम्पन्न भएको छ ।
मन्थली नगरपालिका–८ गाइखुराका बालकृष्ण माझीले भाषा र संस्कृति जोगिए मात्र माझीहरूको पहिचान जोगिने भन्दै टोलटोलमा यस्तो प्रशिक्षण कार्यक्रम गरिएको बताए । मन्थलीस्थित गाइखुरा, जखनिटार, हाटेचउर, कुनाउरी, रुमालेचोक, हात्तीटार, सेलेघाट भटौली र खाँडादेवी गाउँपालिकाको रजगाउँ गरी माझी समुदाय रहेको विभिन्न १० स्थानमा माझी समुदायका बालबालिका र किशोर किशोरीलाई प्रशिक्षण दिइएको उनले बताए ।
पछिल्लो पुस्ताले भाषा, धर्म, संस्कृति, संस्कार नबिर्सिऊन् भनेर जिल्लाका ती स्थानमा कार्यक्रम सञ्चालन गरिएको मजे सावाका संयोजक श्रीबहादुर माझीले बताए ।
माछा मार्नु, विभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुर्ख्यौली पेसा हो । पछिल्लो समय नदी तथा खोलामा विषादी हालेर माछा मार्ने क्रम बढेको र अधिकांश ठाउँमा मोटरेबल तथा झोलुङ्गे पुल बनेका कारण आफ्नो पुर्ख्यौली पेसा सङ्कटमा परेको यस समुदायका अगुवाहरूको भनाइ छ ।
भाषा र संस्कृति जोगाउने कामका लागि प्रशिक्षण गर्न आदिवासी हिमाली समाजले आर्थिक सहयोग गरेको थियो । यसरी युवाले चासो राखेमा माझी समुदायको भाषा र संस्कृति जोगाउन सहज हुने स्थानीय जङ्गवीर माझी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण