शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समाचार पढ्दै गर्दा जब इजरायलले बम खसाल्यो...

बिहीबार, ०१ साउन २०८२, ०६ : ४३
बिहीबार, ०१ साउन २०८२

सारांश

  • इजरायलले दमास्कसमा हवाई आक्रमण गर्दा सिरियाली स्वास्थ्य मन्त्रालयका अनुसार ३ जनाको मृत्यु र ३४ जना घाइते भए।
  • आक्रमण रक्षा मन्त्रालयको भवनलाई लक्षित गरी गरिएको थियो, जुन प्रत्यक्ष प्रसारणको क्रममा कैद भयो।
  • समाचार वाचक र रिपोर्टरहरूले आक्रमणको प्रत्यक्ष अनुभव गरे, जसका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।

दमास्कस । इजरायलले बुधबार सिरियाको राजधानी दमास्कसमा ठुलो हवाई आक्रमण गरेको छ । यसको दृश्य लाइभ टेलिभिजन प्रसारणको क्रममा प्रत्यक्ष रूपमा क्यामेरामा कैद भएको छ।

सिरियाली स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। इजरायली सेनाले सिरियाको रक्षा मन्त्रालयको भवनलाई लक्षित गर्दै आक्रमण गरेको पुष्टि गरेको छ।

एक सिरियाली टेलिभिजन च्यानलको फुटेजमा एक महिला समाचारवाचक (एंकर) प्रत्यक्ष प्रसारणमा समाचार पढिरहेको देखिन्छ, त्यही बेला उनको पछाडि रहेको रक्षा मन्त्रालयको भवनमा हवाई हमला भएको थियो।

भवन विस्फोटसँगै भत्किएको देखिएपछि एंकर डरले स्टुडियोबाट भागेकी थिइन्, र त्यो दृश्य पनि अन-एयर प्रसारणमा समावेश भयो।

यस्तै, अर्को भिडियोमा रिपोर्टर रिपोर्टिङ गर्दै गर्दा ठ्याक्कै त्यही समयमा आक्रमण भएको देखिन्छ। यस्ता लाइभ फुटेजहरू अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप